चेक अनादर मुद्धामा फरार रहेका एक प्रतिवादी पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, पुस ४

चेक अनादर मुद्धामा फरार रहेका एक प्रतिबादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं.०७ तुल्सीघाट बस्ने ४० बर्षिय बलराम तिवारी रहेका छन् ।

चेक अनादर मुद्धमा जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन गरि फरार रहेका तिवारीलाई विहिबार व्यास नपा ४ भोर्लेटारचोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तनहुँ जिल्ला अदालतले २०७९ पुस २० गते तिवारीलाई उक्त मुद्धामा एक हजार रुपैयाँ जरिवाना गरेकोमा तिवारी उक्त जरिवाना भुक्तान नगरि फरार रहेका थिए ।

पक्राउ परेका तिवारीलाई उनलाई सजाय भुक्तानकोलागि जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्