मानवअधिकार सन्जाल तनहुँ पुनर्गठन, संयोजकमा इन्सेक प्रतिनिधि भट्टराई चयन

Devghat Online

शेयर गरौ

दमौली, पुस ५

मानवअधिकार सन्जाल तनहुँको पुनर्गठन गरिएको छ । तनहुँमा क्रियाशिल मानवअधिकारसँग सम्बन्धित संघ संस्थाहरुको शुक्रबार दमौलीमा भएको भेलाले सन्जालको पुनर्गठन गरेको हो । उक्त भेलाले मानवअधिकार सन्जाल तनहुँको संयोजकमा इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईलाई चयन गरेको छ ।

सन्जालको सदस्यहरुमा गैसस महासंघ, महिला मानवअधिकार रक्षक सन्जाल, मानवअधिकार एलायन्स, गैसस समन्वय समिति, नेपाल पत्रकार महासंघ, संयुक्त दलित उत्थान मन्च, तनहुँ सहयोगी समुह, एकिकृत महिला समुह, एकल महिला समाज, रिसेड, सह्रदयी मन्च, नेपाल बार एसोसियसन, काहुराष्ट्र, नेपाल मानवअधिकार संगठन, ग्रामिण सशक्तिकरण समाज, सेतो गुराँस बाल विकास सेवा, क्रियाशिल पत्रकार महिला, सन्चारिका समुह, आदिवासी जनजाती महासंघ, जिल्ला बाल सन्जाल, मानवअधिकार तथा कैदीबन्दी सरोकार समाज रहेका छन् ।

उक्त भेलाले सन्जालमा आवद्ध हुन बाँकी रहेको संघ संस्थाहरुसँग समन्वय गरि सन्जाललाई अझ विस्तार गर्ने र मानवअधिकार संरक्षण र सम्बद्र्धनमा सामुहिक धारणा बनाउने तथा सामुहिक आवाज उठाउने निर्णय भएको सन्जालकी सदस्य तथा महिला मानवअधिकार रक्षक सन्जालकी अध्यक्ष कल्पना पौडेलले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर