ऋषिङका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण

Devghat Online

शेयर गरौ

दमौली, पुस ७

गैर सरकारी संस्था महासंघ जिल्ला शाखा तनहुँको आयोजनामा ऋषिङ गाउँपालिकाका जनप्रतिनिधिहरुकोलागि जलवायु उत्थानशील कार्य सुदृढिकरण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम आइतबार गाउँपालिकाको सभाकक्षमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न ऋषिङ गाउँपालिकाले जलवायुमैत्री विकास निर्माण र संरचनाहरु निर्माण गर्ने बताए । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने कार्यक्रम समावेश गर्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अमगाईले प्राकृतिक श्रोतको अबैध उत्खनन रोक्नकोलागि कानुनलाई कडाईका साथ कार्यान्वयन गर्ने बताए । जलवायुमैत्री कानुन र संरचना निर्माण गर्ने नगरपालिकाको प्राथमिकता रहेको उनले बताए ।

गैरसरकारी संस्था महासंघ तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरु तथा कार्यपालिकाका सदस्यहरुले जलवायु परिवर्तनले समुदायमा परेको असरहरुको बारेमा धारणा राखेका थिए ।

उक्त कार्यक्रममा गैसस महासंघ तनहुँकी सचिव सरिता भण्डारीले जलवायु उत्थानशील विकासको बारेमा सहजिकरण प्रस्तुत गरेकी थिइन् ।

उक्त अवसरमा जलवायु परिवर्तनको कारण, जलवायु परिवर्तनले पारेको असर र प्रभाव तथा जलवायु अनुकुलताको उत्थानशील अभ्यासहरुको बारेमा छलफल भएको थियो । सो कार्यक्रमको सन्चालन गैसस महासंघ तनहुँका सदस्य कविराज श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको