ऋषिङका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण

Devghat Online

शेयर गरौ

दमौली, पुस ७

गैर सरकारी संस्था महासंघ जिल्ला शाखा तनहुँको आयोजनामा ऋषिङ गाउँपालिकाका जनप्रतिनिधिहरुकोलागि जलवायु उत्थानशील कार्य सुदृढिकरण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम आइतबार गाउँपालिकाको सभाकक्षमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न ऋषिङ गाउँपालिकाले जलवायुमैत्री विकास निर्माण र संरचनाहरु निर्माण गर्ने बताए । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने कार्यक्रम समावेश गर्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अमगाईले प्राकृतिक श्रोतको अबैध उत्खनन रोक्नकोलागि कानुनलाई कडाईका साथ कार्यान्वयन गर्ने बताए । जलवायुमैत्री कानुन र संरचना निर्माण गर्ने नगरपालिकाको प्राथमिकता रहेको उनले बताए ।

गैरसरकारी संस्था महासंघ तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरु तथा कार्यपालिकाका सदस्यहरुले जलवायु परिवर्तनले समुदायमा परेको असरहरुको बारेमा धारणा राखेका थिए ।

उक्त कार्यक्रममा गैसस महासंघ तनहुँकी सचिव सरिता भण्डारीले जलवायु उत्थानशील विकासको बारेमा सहजिकरण प्रस्तुत गरेकी थिइन् ।

उक्त अवसरमा जलवायु परिवर्तनको कारण, जलवायु परिवर्तनले पारेको असर र प्रभाव तथा जलवायु अनुकुलताको उत्थानशील अभ्यासहरुको बारेमा छलफल भएको थियो । सो कार्यक्रमको सन्चालन गैसस महासंघ तनहुँका सदस्य कविराज श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक