बिभिन्न मुद्धामा फरार रहेका तिन जना प्रतिवादी पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, पुस ६

विभिन्न मुद्धामा फरार रहेका तिन जना प्रतिबादीहरुलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आबुखैरेनी गाउँपालिका–२ बस्ने निति बहादुर गुरूङ, ब्यास नगरपालिका–१० खहरे बस्ने २४ वर्षीय सन्तोष ज्ञवाली र देवघाट गापा–२ बस्ने २८ वर्षीय सुभास भन्ने सोम बहादुर राना रहेका छन् ।

जिल्ला अदालतबाट फैसला पश्चात लगत कसी हाल सम्म फरार रहेका उक्त प्रतिबादीहरुलाई खोजतलास गर्ने क्रममा आइतबार उनीहरुको सम्बन्धित घर ठेगानामा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरेका मध्ये गुरुङलाई भ्रष्टचार मुद्धामा ६ महिना कैद, सन्तोष पौडेललाई साधारण चोरी मुद्धामा एक महिना र ४१ हजार ७६० र सुभास भन्ने सोम बहादुर रानालाई लागु औषध गाँजा मुद्धामा ४ महिना १९ दिन कैद सजाय जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्