भीम रावल एमाले साधारण सदस्यबाटै निष्कासित, पाण्डे र तिमिल्सेना निलम्बन

Devghat Online

शेयर गरौ

काठमाडौं, पुस १०

नेकपा एमालेका नेता भीम रावल पार्टी साधारण सदस्यबाटै निष्कासित भएका छन् । बुधबार बसेको एमाले सचिवालय बैठकले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो ।

रावल लामो समयदेखि एमालेमा निष्क्रिय बसेका थिए । चितवनमा भएको पार्टीको १० औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल त्यसपछि एमालेमा निष्क्रिय थिए ।

रावललाई एमालेमा सक्रिय बनाउन भन्दै ओलीले यसअघि कार्यदल नै बनाई वार्तासमेत गरेका थिए । तर, सो वार्ता एकपटक मात्र भएको थियो । रावल प्रधानमन्त्री तथा अध्यक्ष ओलीको एक आलोचक थिए ।

यस्तै सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । उनीसँगै केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनालाई पनि ६ महिनाका लागि निलम्बन गरिएको हो । पाण्डे र तिमिल्सेनालाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले दिएको जग्गादानबारे विरोध जनाएका थिए । सोही कारण उनीहरूमाथि कारबाही भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु