म्याग्देमा नयाँ गाडी खरिद गर्ने निर्णय रद्ध

Devghat Online

शेयर गरौ

दमौली, पुस १३

म्याग्दे गाउँपालिकामा नयाँ गाडी खरिद गर्ने निर्णय रद्ध भएको छ । गाउँ कार्यपालिकाको बहुमतले पदाधिकारी चढ्नकोलागि नयाँ गाडी खरिद गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले नयाँ गाडी खरिद प्रक्रिया सुरु गर्दै टेन्डरको सुचना समेत प्रकाशित गरिसकेको थियो ।

गाडी खरिद प्रक्रिया सुरु भईसकेपछि स्थानीय नागरिक समाजको असन्तुष्टि सार्वजानिक भएसँगै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उक्त गाडी खरिद प्रक्रिया रोकेका छन् ।

अहिले भएकै गाडीलाई मर्मत सम्भार गरि प्रयोग गर्ने र गाडी खरिद गर्ने रकमले विकास निर्माण र सुशासनको क्षेत्रमा काम गर्ने गरि गाडी खरिद प्रक्रिया हाललाई रोकिएको अध्यक्ष श्रेष्ठले बताए ।

केही दिन अघि भएको गाउँ सभाको बैठकमा अध्यक्ष श्रेष्ठको प्रस्ताव अनुसार गाडी खरिद प्रक्रिया रद्ध गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक