देवघाटधाम जेसिजको तेश्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, पुस २४

देवघाटधाम जेसिजको तेश्रो पद हस्तान्तरण कार्यक्रम मंगलबार देवघाट स्थित नमस्ते देवघाट गार्डेन रिसोर्टमा सम्पन्न भएको छ ।

उक्त अवसरमा देवघाटधाम जेसिज वर्ष २०२४ का अध्यक्ष रघु मल्लले वर्ष २०२५ का अध्यक्ष प्रशन्न ढकाललाई पद हस्तान्तरण गरेका थिए । गत मंसिर २३ गते सम्पन्न देवघाटधाम जेसिजको अधिवेशनले प्रशन्न ढकाललाई वर्ष २०२४ को अध्यक्ष पदमा चयन गरेको थियो ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथी देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटधाम जेसिज देवघाटका आम युवाहरुको नेतृत्व तथा क्षमता विकास र उनीहरुलाई सत्मार्गमा हिडाउने कार्यको नेतृत्व गर्ने संस्था रहेको बताए । गाउँपालिकाले देवघाटधाम जेसिजसँग सहकार्य गरि युवाहरुको नेतृत्व तथा क्षमता विकासकोलागि काम गर्ने अध्यक्ष थापाले बताए ।

वर्ष २०२४ का अध्यक्ष रघु मल्लको अध्यक्षतामा भएको उक्त कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्ण बहादुर कुंवर लगायत छिमेकी जेसिजका अध्यक्ष तथा पदाधिकारी एवं देवघाटका विभिन्न संघ संस्थाका पदाधिकारी तथा सन्चारकर्मीहरुको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा वर्ष २०२५ का नवनिर्वाचित अध्यक्ष ढकाल सहित अन्य पदाधिकारीहरुले शपथ ग्रहण सहित पदभार ग्रहण गरेका थिए ।

 

देवघाटधाम जेसीज वर्ष २०२५ को कार्यकारिणी उपाध्यक्षमा माधब न्यौपाने, अर्का कार्यकारिणी उपाध्यक्षमा रक्षा कार्की, महासचिवमा अर्जुन सुवेदी, कोषाध्यक्षमा सुजन गुरुङ, कानुनी सल्लाहकारमा करिस्मा गुरुङ चयन भएका छन् । यसैगरी उपाध्यक्षहरुमा प्रधुम्न प्याकुरेल,सुस्मा गुरुङ, डा. सम्राट अधिकारी, अमृत सुवेदी तथा निर्देशकहरुमा अर्जुन सापकोटा, सन्तोष सुवेदी, सन्देश पौडेल र कर्ण बहादुर गुरुङ चयन भएका छन् ।

सो कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्नु हुने व्यक्तित्व तथा संघ संस्था हरुलाइ कदर पत्र तथा सम्मापनपत्र द्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक