काठमाडौं, पुस २६
प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । संगठनको सचिवालय बैठकले गरेको निर्णयलाई केन्द्रीय कमिटीको जुम बैठकले अनुमोदन गरेको हो ।
मनोनीत केन्द्रीय सदस्यहरूमा श्यामकृष्ण दाहाल, ईश्वरी काफ्ले, रामकृष्ण ज्ञवाली, प्रकाश सिलवाल, शान्तराम विडारी, डिल्ली आचार्य, खगेन्द्र अधिकारी, दिलबहादुर छन्त्याल, तिलक रिमाल, वसन्ती बास्तोला, भवानी कार्की, सतिदेवी उप्रेती, गणेश ज्ञवाली, उर्वसी बस्नेत, संगीता आचार्य, कमला पन्थी, कालिका शिवाकोटी र श्रीधर पौडेल पौडेल रहेका छन् ।
यसैगरि लक्ष्मण तिवारी, सम्झना वन, काशी रिजाल, शंकर पाण्डे, भोजराज विश्वकर्मा, मालती केसी, सुनिता महतो, जिवच्छ चौधरी, सम्झना गौतम, धर्मेन्द्र दाहाल, अप्सरा गौतम, पार्वता चौधरी, नरेश शाही र सलिम मियाँ रहेका छन् । त्यस्तै आयोगका केन्द्रीय सदस्यहरुमा अनुज अधिकारी, समर रोका र श्याम घिमिरे रहेका छन् ।
चौतारीको महाधिवेशन आगामी फागुन २५–२७ मा विराटनगरमा आयोजना हुँदैछ । महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन भएको छ । चौतारीको हालैको बैठकले सङ्गठनका जिल्ला अधिवेशन आगामी माघ २५ गतेभित्र र प्रदेश अधिवेशन फागुन ७ गतेभित्र गरिसक्ने निर्णय भएको महासचिव हीरामान लामाले बताए ।