प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत

Devghat Online

शेयर गरौ

काठमाडौं, पुस २६

प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । संगठनको सचिवालय बैठकले गरेको निर्णयलाई केन्द्रीय कमिटीको जुम बैठकले अनुमोदन गरेको हो ।

मनोनीत केन्द्रीय सदस्यहरूमा श्यामकृष्ण दाहाल, ईश्वरी काफ्ले, रामकृष्ण ज्ञवाली, प्रकाश सिलवाल, शान्तराम विडारी, डिल्ली आचार्य, खगेन्द्र अधिकारी, दिलबहादुर छन्त्याल, तिलक रिमाल, वसन्ती बास्तोला, भवानी कार्की, सतिदेवी उप्रेती, गणेश ज्ञवाली, उर्वसी बस्नेत, संगीता आचार्य, कमला पन्थी, कालिका शिवाकोटी र श्रीधर पौडेल पौडेल रहेका छन् ।

यसैगरि लक्ष्मण तिवारी, सम्झना वन, काशी रिजाल, शंकर पाण्डे, भोजराज विश्वकर्मा, मालती केसी, सुनिता महतो, जिवच्छ चौधरी, सम्झना गौतम, धर्मेन्द्र दाहाल, अप्सरा गौतम, पार्वता चौधरी, नरेश शाही र सलिम मियाँ रहेका छन् । त्यस्तै आयोगका केन्द्रीय सदस्यहरुमा अनुज अधिकारी, समर रोका र श्याम घिमिरे रहेका छन् ।

चौतारीको महाधिवेशन आगामी फागुन २५–२७ मा विराटनगरमा आयोजना हुँदैछ । महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन भएको छ । चौतारीको हालैको बैठकले सङ्गठनका जिल्ला अधिवेशन आगामी माघ २५ गतेभित्र र प्रदेश अधिवेशन फागुन ७ गतेभित्र गरिसक्ने निर्णय भएको महासचिव हीरामान लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा