देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

Devghat Online

शेयर गरौ

देवघाट, माघ १

लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव स्थलमा आईपुग्दा हजारौं दर्शनार्थीले स्वागत गरेका थिए ।

उनलाई ठिमुरा रिर्साेटबाट महा–महोत्सवका संकल्पकर्ता इश्वरकृष्ण महाराज सहित महा महोत्सव मुल आयोजक समितिका संयोजक डा.केशव भुर्तेल लगायत महोत्सवका आयोजकहरुले स्वागत गरि महोत्सव स्थलमा ल्याएका थिए । महा–महोत्सवमा देवी प्रतिभा सबैको आकर्षणको केन्द्र बनेकी थिइन् ।

ठिमुरा रिर्साेटबाट महा–महोत्सवको सचिवालय रहेको विश्व जागरण महाअभियान ट्रस्टको कार्यालयसम्म गाडीमा आएकी देवी प्रतिभा त्यहाँबाट महोत्सव स्थलसम्म भने पैदल गएकी थिइन् । उनलाई पन्चेबाजाले स्वागत गरिएको थियो । उनको सुरक्षाकोलागि उनले भारतबाटै ल्याएकी एक दर्जन नीजि सुरक्षाकर्मी खटिएका थिए ।

देवी प्रतीभाले माघ ९ गतेसम्म देवघाट महा–महामहोत्सवमा कथा वाचन गर्नेछिन् । यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर नेपालीको मन जितेकी २३ वर्षीया काभ्रेली चेली विश्वकै बढी खोजीने कथावाचिकाको रुपमा पर्छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि