त्रिशूलीको पुलबाट हाम्फालेर लमजुङका परियार वेपत्ता

Devghat Online

शेयर गरौ

देवघाट, माघ १

चितवन र देवघाट जोड्ने त्रिशूली नदीको झोलुङ्गे पुलबाट हाम्लालेर मंगलबार दिउँसो एक जना वेपत्ता भएका छन् । बेपत्ता हुनेमा लमजुङ बेशिशहर नपा-३ गाउँ शहर बस्ने ४१ वर्षिय मदन परियार रहेको प्रहरीले जनाएको छ ।

मंगलबार माघे सक्रान्ति मेलाको क्रममा झोलुङ्गे पुलमा भक्तजनको भिड भएको अवस्थामा पुल तर्ने क्रममा उनी पुलबाट त्रिशूली नदीमा हाम्फालेका थिए । उनी कपडा फुकालेर मोबाइल सहित पुलको छेउमा राखेर नदीमा हाम्फालेको प्रहरीले जनाएको छ ।

कपडा र मोबाइलको अधारमा उनका काका भरतपुर मनपा-२ बस्ने शुकबहादुर परियारले मदनको पहिचान गरेका थिए । नदीमा उद्धारमा खटिएको प्रहरीले उनको खोजी गरेका थिए । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले