देवघाट, माघ १
चितवन र देवघाट जोड्ने त्रिशूली नदीको झोलुङ्गे पुलबाट हाम्लालेर मंगलबार दिउँसो एक जना वेपत्ता भएका छन् । बेपत्ता हुनेमा लमजुङ बेशिशहर नपा-३ गाउँ शहर बस्ने ४१ वर्षिय मदन परियार रहेको प्रहरीले जनाएको छ ।
मंगलबार माघे सक्रान्ति मेलाको क्रममा झोलुङ्गे पुलमा भक्तजनको भिड भएको अवस्थामा पुल तर्ने क्रममा उनी पुलबाट त्रिशूली नदीमा हाम्फालेका थिए । उनी कपडा फुकालेर मोबाइल सहित पुलको छेउमा राखेर नदीमा हाम्फालेको प्रहरीले जनाएको छ ।
कपडा र मोबाइलको अधारमा उनका काका भरतपुर मनपा-२ बस्ने शुकबहादुर परियारले मदनको पहिचान गरेका थिए । नदीमा उद्धारमा खटिएको प्रहरीले उनको खोजी गरेका थिए । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।