दमौली, माघ ५
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति तनहुँको अध्यक्षमा भगवान त्रिपाठी निर्वाचित भएका छन् । शनिबार सम्पन्न संगठनको १२ औं अधिवेशनले त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । त्रिपाठी मुग्लिन–पोखरा सडक आयोजना पुर्वी खन्डमा नासु पदमा कार्यरत छन् ।
संगठनको उपाध्यक्षमा भोजहरि रानाभाट, महिला उपाध्यक्षमा हुममाया थापा, सचिवमा विष्णु खत्री क्षेत्री, सहसचिवमा प्रितम थापा मगर र कोषाध्यक्षमा रमाकान्त खनाल निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा पुष्पहरि रानाभाट, अनिल त्रिपाठी, श्यामप्रसाद सापकोटा, भावना ढकाल, निशा रानाभाट, अन्जु बसौला, उषाकिरण तिवारी, नविनकुमार श्रेष्ठ, मनप्रसाद नेपाली, तिलक रानाभाट, झलकनारयण ठकुरी, रोशन मल्ल ठकुरी र पुष्पराज गिरी निर्वाचित भएका छन् । त्यसैगरि केन्द्रीय प्रतिनिधिहरुमा रुद्रसिंह ठकुरी, रामहरि देवकोटा, पार्वती पौडेल र पुष्प खनाल तथा गन्डकी प्रदेश प्रतिनिधिहरुमा रुद्रसिंह ठकुरी, कृष्णप्रसाद न्यौपाने, मदन सुवेदी, सोमकान्त पौडेल र संगिता रेग्मी खनाल चयन भएका छन् ।
व्यास नपा–१० स्थित छाङ्ग बराही मन्दिर परिसरमा आयोजित उक्त अधिवेशनको नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईरालाले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेकपा एमालेका जिलल कमिटि अध्यक्ष हरिराज कडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संगठनका अध्यक्ष रुद्र ठकुरीको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन सचिव भगवान त्रिपाठीले गरेका थिए ।