तेश्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस पुर्कोटमा मनाइयो

Devghat Online

शेयर गरौ

दमौली, माघ ५

तेश्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस शनिबार भानु नपा–९ पुर्कोटमा मनाइएको छ । ‘स्वास्थ्य जीवन र पर्यवरणका लागि कृषि जैविक विविधता’ भन्ने नाराकाका साथ मनाईएको उक्त कार्यक्रमको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरे ।

कृषि ज्ञान केन्द्र तनहुँ र भानु नगपालिकाको सहयोगमा जैविक विविधता संरक्षण समिति पूर्कोटको आयोजनामा रैथाने बाली र उन्नत बालि तथा स्थानिय रैथाले पशुपंक्षिहरुको प्रदर्शनी प्रतियोगिता सञ्चालन गरिएको जैविक विविधता संरक्षण समितिका अध्यक्ष सिताराम बजगाईले बताए ।

कार्यक्रममा उत्कृष्ट कृषकहरुलाई सम्मान तथा पुरस्कार बितरण गरिएको छ । कयिक्रममा रैथाने परिकारहरुको खाजा, रैथाने बालिको अबलोकन, बिभिन्न झाँकी प्रस्तुति तथा राष्ट्रिय कलाकारहरुको सङ्गीतिक प्रस्तुति रहेको थियो ।

जैविक विविधता संरक्षण समितिका अध्यक्ष सिताराम बजगाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल लामिछाने लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रममा रैथाने बाली संरक्षणमा योगदान पु¥याउने कृषकहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको