भानु नगरपालिकामा उन्नत बोका प्रदर्शनी

Devghat Online

शेयर गरौ

दमौली, माघ ५

तनहुँमा स्थानीय तथा उन्नत बोका प्रदर्शनी गरिएको छ । भानु ५ को स्याउली पसलमा राष्ट्रिय बाख्रा दिवसको अवसरमा शुक्रबार प्रदर्शनी गरिएको हो ।

‘पोषिलो आहार, बाख्रा पालनमा गुणस्तर सुधार’ भन्ने नाराका साथ प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा उन्नत बोका प्रतियोगिता राखिएको थियो ।
भानु नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखा, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ, बरभञ्ज्याङ बाख्रा पालक समूह र नेपाल व्यावसायिक बाख्रा पालक महासङ्घको संयुक्त आयोजनामा गरिएको हो ।

तनहुँको भानु नगरपालिका , राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम बन्दिपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दमौली, बरभन्ज्याङ बाख्रा पालन समुह र नेपाल ब्यबसायीक बाख्रापालक महासंघको संयुक्त आयोजनामा सुक्रबार चौंथो राष्ट्रिय बाख्रा दिवस मनाईएको हो ।

‘पोसिलो आहार, बाख्रापालनमा गुणात्मक सुधार’ भन्ने मुल नाराका साथ राष्ट्रिय बाख्रा दिवसको अवसरमा भानु नगरपालिका वडा नम्बर ५ स्याउली पसलमा भएको बोका प्रदर्शनी प्रतियोगितामा स्थानीय तथा उन्नत बोका प्रदर्शनी कार्यक्रम गरिएको हो ।

प्रतियोगितामा स्थानीय जाततर्फ चोपकान्त पोखरेल (भानु–५) र उन्नत जाततर्फ मान सिं गुरूङ (भानु–९) को बोका पहिलो, स्थानीय तर्फ बिमला अधिकारी (भानु–६) उन्नत तर्क काजि थापा (भानु–६) को बोका दोस्रो, स्थानीय तर्फ रोमन बावु अधिकारी (भानु–५) र उन्नत तर्क राम बहादुर गुरूङ (भानु–१) तेस्रो र स्थानीय तर्फ काजिराम अधिकारी (भानु–५) र उन्नत तर्क तिल कुमारी अधिकारी (भानु–४) को बोकाले सान्त्वना स्थान प्राप्त गरेको नेपाल बाख्रा पालक महासंघ तनहुँका पूर्व अध्यक्ष कुशलचन्द्र अधिकारीले जानकारी दिए ।

प्रदर्शनीमा प्रथम हुने बोका धनीलाई स्थानीय जाततर्फ १० हजार, उन्नत जाततर्फ १० हजार र द्वितीय हुनेलाई ८÷८ हजार, तृतीय हुनेलाई ६÷६ हजार र सान्त्वना हुनेलाई ४÷४ हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको भानु नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख एवं पशु विकास अधिकृत सुशील ऐरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको