ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुलमा विभिन्न कार्यक्रम आयोजना

Devghat Online

शेयर गरौ

देवघाट, माघ ६

राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा देवघाट गाउँपालिका–५ स्थित हरिहर सन्यास आश्रमद्वारा सन्चालित परमानन्द संस्कृत गुरुकुलमा आइतबारबाट विभिन्न कार्यक्रम आयोजना भएको छ ।

आश्रमका संस्थापक परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिका अवसरमा हरिहर सन्यास आश्रम तथा परमानन्द संस्कृत गुरुकुल विद्यापिठमा आजबाट माघ ९ गतेसम्म विभिन्न कार्यक्रम हुने भएको हो ।

कार्यक्रमको पहिलो दिन आइतबार गुरुकुलको सभाकक्षमा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको प्रमुख आतिथ्यता र श्री १००८ स्वामी रमणनन्द गिरीजी महाराजको विशेष उपस्थितीमा रचनावली र जन्मभुःसंस्कृतपद्यसंग्रह पुस्तकको विमोचन भएको छ ।

प्रा.शिवहरि मरहट्टाद्वारा लिखित पुस्तक जन्मभू ः नामकसंस्कृत लघु काब्य संग्रह पुस्तक हरिहर सन्न्यास आश्रम एवं परमानन्द संस्कृत गुरूकुलमको सभाहलमा गलेश्वर आश्रमका पिठाधीस अनन्त विभुषित श्री १००८ महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीका प्रतिनिधि स्वामी श्री अद्वैतानन्द गिरीको अध्यक्षतामा हरिहर सन्यास आश्रमका पीठाधीश एवं परमानन्द संस्कृत गुरूकुल विधापीठका अध्यक्ष तथा नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको प्रमुख आतिथ्यतामा महेश सन्यास आश्रमका पिठाधिस एवं महेश संकृत गुरूकुलमका अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरीको बिशेष उपस्तिीमा नेपाल सस्ंकृत विश्वविधालयका उपकुलपति प्रा.डा.धनेश्वर नेपालले उक्त कृति लोकार्पण गरेका थिए ।

त्यस्तै आइतबार नै श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजीको अध्यक्षता तथा नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपती प्रा.डा.धनेश्वर नेपालको प्रमुख आतिथ्यतामा शास्त्रार्थ सभा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा उपस्थित विद्वान वक्ताहरुले शास्त्रको महत्वको बारेमा धारणा राखेका थिए ।

यसै अवसरमा माघ ७ गते सोमबार प्रातकालमा गुरुकुलको सभाकक्षमा स्वामी सच्चिदान्द सरस्वतीको अध्यक्षता र प्रा.डा.मुकुन्द लामिछानेको प्रमुख आतिथ्यतामा विचार सङगोष्ठी कार्यक्रम आयोजना हुने भएको छ । त्यस्तै मध्यान्नकालमा वामी सच्चिदान्द सरस्वतीको अध्यक्षतामा प्रा.डा.कृष्णचन्द्र शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा प्रा.डा.शर्माले पाश्चात्य साहित्य र दर्शनमा पौरत्स्य चिन्तनको प्रभाव विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यसैगरि माघ ८ गते प्रातकालमा स्वामी विमलानन्द सरस्वतीको अध्यक्षतामा प्रा.डा.भागवत ढकालको प्रमुख आतिथ्यतामा पुरस्कार एवं सम्मान तथा छात्र प्रतिभा प्रर्दशन कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा आश्रम तथा गुरुकुलमा लामो समयसम्म सेवा गर्नुभएका प्राध्यापनरत गुरुहरु एवं आश्रममा लामो समयसम्म सेवा गरिरहने कर्मचारीहरुलाई सम्मान गरिनेछ ।

त्यस्तै सोही दिन साँझ परमानन्द काब्य सरिताको १६ औं सृङखला अन्तर्गत परमानन्द छात्र कल्याण परिषदको आयोजनामा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको अध्यक्षता तथा साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यतामा गुरुकुलको सभाकक्षमा गुरुकुलमा साधनारत कविहरुका कवितासँगै आगन्तुक सर्जकहरुका रचना वाचन गर्नेछन् । उक्त कार्यक्रममा साहित्यकार गोविन्द नेपाल खतिवडाद्वारा लिखित तथा विपिन ढकालद्वारा निर्देशित नाटक ‘बाबुरामको घन्टी’ गुरुकुल भवनमा मन्चन गरिन लागिएको परमानन्द संस्कृत छात्र कल्याण परिषदले जनाएको छ ।

त्यस्तै कार्यक्रमको अन्तिम दिन माघ ९ गते आश्रमको सभाकक्षमा ब्रह्मलिन स्वामीजीको समाधि मन्दिरमा रुद्राभिषेक तथा आरती कार्यक्रम तथा सन्त समागम, गुरु भन्डारा तथा समक्षिा कार्यक्रम हुने कार्यक्रमका संयोजक तथा गुरुकुलका सह प्राचार्य अर्जुन पाण्डेयले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता