मोटरसाईकल चलाउन रोक्दै देवघाट जाने झोलुङ्गे पुल मर्मत

Devghat Online

शेयर गरौ

देवघाट, माघ ६

चितवनको भरतपुरबाट तनहुँको देवघाट गाउँपालिका जाने त्रिशुली नदीको झोलुङ्गे पुल गत माघ ४ गतेदेखी मर्मत थालिएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाटधाम र तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ जोड्ने उक्त झोलुङ्गे पुल मर्मतकोलागि भन्दै विहान ११ बजेदेखी ३ बजेसम्म मोटरसाईकल चलाउन रोक लगाईएको छ ।

देवघाट क्षेत्र विकास समितिले आफ्नो भौगोलिक कार्यक्षेत्र भित्र पर्ने जोड्ने त्रिशूली नदी माथिको उक्त झोलुङ्गे पुल जीर्ण अवस्थामा रहेको हुँदा सस्पेन्सन बृज डिभिजन कार्यालय, पुल्चोक, ललितपुरबाट खटिई आएका प्राविधिकहरूबाट मर्मत कार्य भैरहेको हुँदा पुल मर्मतको लागि माघ ४ गते देखी मर्मत कार्य पुरा नहुँदा सम्म बिहान ११ बजे देखि अपरान्ह ३ बजे सम्म सो पुलबाट सवारी साधनहरूको आवागमन बन्द गरिने जनाएको छ ।

स्थानीयवासी, भक्तजन तथा अन्य सर्वसाधारणलाई सहज र सुरक्षित आवागमनको लागि पुल मर्मत कार्यमा आवश्यक सहयोग गर्न समितिले अनुरोध गरेको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले मर्मत कार्य पुरा नहुँदासम्म उक्त अवधिभर पुलमा मोटरसाईकल सन्चालनमा रोक लगाईएको बताए । व्यक्ति हिड्नको लागि भने पुरै रोक लगाउन नसकिने हुँदा मोटरसाईकल सन्चालन भने रोक लगाईएको उनले बताए । पुल मर्मतकोलागि प्राविधिक र मजदुर सहित ६ जना खटिएका छन् ।

२०३७ सालमा निर्मित उक्त झोलुङ्गे पुल जिर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ । दैनिक हजारौं जना आवत जावत गर्ने उक्त पुलको केही दिन अघि पत्ताको केही भाग उक्किएर बाँसको कप्टेरो राख्नु परेको थियो । उक्त झोलुङ्गे पुल हुँदै सामान्य दिनमा स्थानीय तथा बाहिरबाट आउने भक्तजन सहित दैनिक ६ हजार भन्दा बढि संख्याले उक्त पुलबाट आवतजावत गर्ने क्षेत्र विकास समितिले जनाएको छ ।

मेला, महोत्सव तथा यज्ञ सन्चालन भएको दिनमा हजारौं भक्तजनले यही पुल प्रयोग गर्ने साथै सयौं स्थानीयहरुले दैनिक मोटरसाईकल समेत वारपार गर्ने कारणले पुल जिर्ण हुँदै गएको हो । गत माघे संक्रान्ति मेलामा त एकै दिन लाखौं भक्तजनले उक्त पुल मार्फत आवत जावत गरेका थिए ।

देवघाट गाउँपालिकाका सामाजिक अगुवा तथा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले त्रिशुलीको झोलुङ्गे पुलले अव धान्न नसक्ने बताए । २०३७ सालमा निर्माण सम्पन्न भएको उक्त पुलमा हाल दैनिक ६ हजार जना भन्दा बढिले आवत जावत गर्ने र सयौं मोटरसाईकल वारपार गर्ने पौडेलले बताए । देवघाट आउनकोलागि हाल उक्त झोलुङ्गे पुल बाहेक ठिमुराको पुल, दासढुङ्गको मोटरेबल पुल, नवलपुर जोड्ने हर्दीको पुल तथा जुगेडीको झोलुङ्गे पुल पनि छ । तर देवघाट आउने भक्तजन मध्ये करिब ९५ प्रतिशत चितवनको आपँटारी हुँदै उक्त पुल तरेर तनहुँ प्रवेश गर्ने पौडेलले दाबी गरे ।

निर्माण भएयताको यो ४४ वर्षमा करिब २ करोड जनाले उक्त पुलबाट आवत जावत गरेको पौडेलले दाबी गरे । सोही कारण पनि उक्त झोलुङ्गे पुलको विकल्प सोच्नु पर्ने बेला आएको पौडेलले बताए । अब जतिसक्दो चाँडो झोलुङ्गे पुलको विकल्प नखोज्ने हो भने कुनै पनि दिन ठुलो दुर्घटना हुन सक्ने पौडेलले बताए । पौडेलले उक्त पुलको विकल्प तत्काल खोज्न नसक्ने हो भने अव उक्त पुलमा मोटरसाईकल सन्चालनमा रोक लगाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर