विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेय देवघाट महा–महोत्सवमा कथा वाचनका लागि आउँदै

Devghat Online

शेयर गरौ

देवघाट, माघ ९

विश्वकै कान्छी कथावाचिका शुश्री अनुराधा पाण्डेय देवघाट महामहोत्सवमा कथा वाचन गर्न आज माघ ९ गते देवघाट आउने भएकी छिन् । ६ वर्षको उमेरदेखि कथा वाचनमार्फत आफ्नो विशिष्ट पहिचान बनाउन सफल पाण्डेयले हिन्दू धर्मको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पु¥याउँदै अनेकौं स्थानमा कथा वाचन गरिसकेकी छिन् ।

सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने अनुराधा पाण्डेयले संस्कृत, हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै श्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन् । उनका कथा वाचनहरूले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौं भक्तजनलाई आकर्षित बनाउन सफल भएका छन् । ६ वर्षकै उमेरमा धार्मिक कथा वाचन सुरु गरेकी अनुराधा पाण्डेयको यात्रा अद्वितीय छ । विभिन्न धार्मिक महोत्सव र कार्यक्रमहरूमा कथा वाचन गर्दै उनले धर्म, संस्कृति र परम्पराको संवद्र्धनमा विशेष योगदान पु¥याएकी छिन्। उनकी विशिष्टता भनेको सानै उमेरमा तीन भाषामा धाराप्रवाह कथा वाचन गर्ने क्षमता हो । उनले श्रोताहरूलाई केवल कथा सुन्ने मात्र होइन, धार्मिक र आध्यात्मिक चेतनाको गहिराइमा प्रवेश गराउने अद्वितीय शैली प्रस्तुत गर्छिन् ।

शुश्री अनुराधा पाण्डेयको कथा वाचन देवघाट महामहोत्सवका प्रमुख आकर्षणमध्ये एक हो । माघ १० गते दिउँसो ३ बजेबाट सुरु हुने उनको प्रवचन सात दिनसम्म चल्नेछ । देवघाट महा–महोत्सवका आयोजकहरूका अनुसार अनुराधा पाण्डेयजस्तो कान्छी तर अत्यन्त प्रतिभाशाली कथावाचिकाको उपस्थिति महामहोत्सवको गरिमा बढाउनेछ । उनको कथा वाचनलाई प्रभावकारी बनाउन उच्च व्यवस्थापन गरिएको छ । आयोजकहरूले सम्पूर्ण श्रद्धालु भक्तजनलाई कथा श्रवण गर्न उपस्थित हुन विशेष अनुरोध गरेका छन् । माघ १० देखि सुरु हुने विशेष कथा वाचनमा कथा श्रवण सँगै एकलाख जग शीला पूजा मा सहभागिता जनाउन देशभरका भक्तजनहरूलाई निमन्त्रणा गरिएको छ ।

तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ को देवघाटमा मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्मााणकोलागि गत माघ १ गतेदेखी देवघाटधाममा देवघाट महा–महोत्सव सन्चालन भएको छ । चितवनको देवघाट स्थित विश्वजागरण महाअभियान ट्रष्टको आयोजना र सुप्रसिद्ध भागवत कथावाचक इश्वरकृष्णजी महाराजको संकल्पमा कालिगण्डकी र त्रिशूली नदीको संगमस्थलमा ऐतिहासिक देवघाट महा–महोत्सव सन्चालन गरिएको हो । महा–महोत्सव माघ ३० गतेसम्म चल्नेछ ।

तनहुँको देवघाटमा निर्माणाधीन माता–पिता सेवा आश्रममा ३६५ कोठाहरु रहनेछन् । वृद्ध मातापिताका लागि सुरक्षित, सुविधा सम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको छ । विश्व जागरण महाअभियान ट्रस्टका संस्थापक ईश्वरकृष्ण महाराजको सत्संकल्प र नेतृत्वमा निर्माणाधीन देवघाट दिव्यधाम र माता–पिता सेवा आश्रमले धार्मिक, सामाजिक, र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान दिने विश्वास गरिएको ट्रस्टले जनाएको छ ।

यो परियोजनाले वृद्ध मातापितालाई निःशुल्क आवासीय सुविधा मात्र नभई धार्मिक आस्था र शान्तिको वातावरण उपलब्ध गराउने महा–महोत्सवका संकल्पकर्ता ईश्वरकृष्ण महाराजले बताए । उक्त आश्रम निर्माणकोलागि हालसम्म जमिन प्राप्ति लगायतका कार्यहरू पनि सम्पन्न भइसकेका छन् भने १२० कोठाको निर्माण अन्तिम चरणमा पुगेको छ । आश्रम संगै सिमेन्ट र छडको प्रयोग नगरी पूर्णरूपमा पथ्थरबाट कलात्मक शैलीमा देवघाट दिव्यधाम मन्दिर निर्माण गरिने ईश्वरकृष्ण महाराजले बताए । मन्दिर र आश्रमको गरि कुल लागत करिब २०० करोड रुपैयाँ रहने जनाईएको छ । निर्माणाधीन मन्दिरलाइ हजारौं वर्ष टिक्न सक्ने खालको संरचना तयार पार्ने लक्ष्य राखिएको जनाईएको छ ।
माघ महिनाभरि आयोजना गरिने यो विशेष कथाका माध्यमबाट धर्म, जीवनका मूल्य, र मान्यताहरुको महत्व बुझाउने उद्देश्य राखिएको छ । महोत्सवमा देश–विदेशका ख्यातिप्राप्त कथा वाचकहरुले आफ्नो ज्ञान, अनुभव, र दृष्टिकोणबाट भक्तजनहरुलाई धर्म, अध्यात्म, र जीवनका गूढ रहस्यबारे शिक्षित गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान