डुम्रे, माघ ९
बुधबार विहान अन्दाजी ११ः४० बजेको समयमा बन्दिपुर गाउँपालीका वडा नम्बर १ डुम्रेबजार स्थित केशब अधिकारीको पक्की घरको पाँचौ तलामा आगलागी भएको छ ।
उक्त आगलागीको खबर ईलाका प्रहरी कार्यालय आबुखैरेनी, ईलाका प्रहरी कार्यालय भानु र प्रहरी चौकी डुम्रे तनहुँबाट प्रहरी निरीक्षक समेत ३६ जना प्रहरी कर्मचारीहरु र स्थानिय मानिसहरुको सहयोगमा १२ः२० बजेको समयमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त आगलागीबाट अन्दाजी ५० मुरी धान, पुराना काठपात तथा झ्याल ढोका र टिनको छानो जली नष्ट भएको,सो घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।