विवेक श्रेष्ठ । ऋषिङ, माघ १०
ऋषिङ्ग गाउँपालिकाको आयोजना तथा प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखरा र प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको संयुक्त आयोजनामा एक्स–रे द्वारा छातीरोग सम्बन्धी खोजपड्ताल शिविर हुने भएको छ ।
उक्त छातीरोग सम्बन्धी खोजपड्ताल शिविर माघ १३ गते ऋषिङ गाउँपालिका–५ स्थित शंकर प्राविमा हुने गाउँपालिकाले जनाएको छ । उक्त शिविरमा सबै रक्तचापको (प्रेसर) जाँच र रगतमा ग्लुकोजको मात्रा (सुगर) समेतको जाँच गरिने हुँदा सम्बन्धित लक्षण भएका सम्पूर्ण नागरीकहरुले शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन गाउँपालिकाले अनुरोध गरेको छ ।
यसैगरि ऋषिङ गाउँपालिकाको आयोजना, आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लि. पोखरा र ऋषिङ स्वास्थ्य क्लीनिकको प्राबिधिक सहयोगमा माघ १९ गते शिव सरस्वती मावि ऋषिङ– ८, हबेलीडाँडामा एकदिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
उक्त शिविरमा बरिष्ठ मृगौला तथा उच्च रक्तचाप विशेषज्ञ डा.अमृत केसी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.भिम सिग्देल, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सिर्जना शर्मा, पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग विशेषज्ञ डा.राजेन्द्र पौडेल र रेडियोलोजिष्ट विशेषज्ञ डा.डा.नवराज शर्मा लगायतका चिकित्सकले स्वास्थ्य परिक्षण गर्ने छन् ।
उक्त शिविरमा इसिजी सेवा, भिडियो एक्सरे सेवा, सुगर, ब्लड युरिया, सिरम, युरिन लगायतको ल्याब परिक्षण गरिने तथा निशुल्क औषधी समेत वितरण गरिने ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।