पत्रकार महासंघले धार्मिक, पर्यटकीय स्थलको प्रबद्र्धनका लागि घुम्ती बैठक गर्ने

Devghat Online

शेयर गरौ

दमौली, माघ १०

नेपाल पत्रकार महासंघ तनहुँले जिल्लास्थित विभिन्न स्थानीय तहमा रहेका धार्मिक, पर्यटकीय स्थलको प्रबद्र्धनका लागि घुम्ती बैठक आयोजना गर्ने निर्णय गरेको छ । शाखाको विहिबार सम्पन्न कार्यसमिति बैठकले पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यसहित जिल्लाका सबै स्थानीय तहका धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा बैठक आयोजना गर्ने निर्णय गरेको हो ।

जसअनुसार आगामी बैठक फागुन १० गते व्यास नगरपालिका–३ स्थित व्यास गुफामा आयोजना गर्ने निर्णय भएको महासंघका तनहुँका सचिव कृष्ण न्यौपानेले जानकारी दिए । यस किसिमको बैठक आयोजना गर्दा सम्बन्धित स्थानीय तहसँग समन्वय गरिने उनको भनाइ छ ।
बैठकले नेपाल पत्रकार महासंघका तनहुँ शाखाका सदस्यहरुको स्वास्थ्य बीमा गर्नका लागि शाखाको अनुरोधमा व्यास नगरपालिकाले सहयोग गर्ने निर्णय गरेकामा व्यास नगरपालिकालाई हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

यस्तै शाखाको आयोजनामा पेशागत व्यावसायिक तालिम सञ्चालन गर्ने र सहयोगका लागि स्थानीय तहसँग अनुरोध गर्ने निर्णय गरिएको छ । यस्तै शाखाको आयोजनामा जिल्लास्थित सबै स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसँग उपयुक्त समयमा अन्तरक्रिया आयोजना गर्ने निर्णय गरिएको छ ।

यस्तै शाखाको भवन मर्मत सम्भारका लागि सहयोग गर्न संघ प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ । बैठकले शाखाका सचिव कृष्ण न्यौपानेका पिता रामचन्द्र न्यौपानेको असामयिक एवं दुःखद निधन भएकामा शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान