भानु नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्यानिकुञ्ज माविलाई

Devghat Online

शेयर गरौ

दमौली, माघ १३

भानु नगरस्तरीय छैठौं राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको उपाधि भानु नपा–१२ स्थित विद्यानिकुञ्ज मावि वयापानीले प्राप्त गरेको छ । भानु नगरपालिका खेलकुद विकास समितिको आयोजनामा भानु ९ काउरेटार स्थित खेलकुद मैदानमा भएको कूल ३० वटा स्वर्ण पदकहरु मध्ये ६ स्वर्ण १ रजत र २ कास्य पदक गरी जम्मा ९ पदक प्राप्त गरी विद्यानिकुञ्ज माविले प्रथम हुँदै रनिङ् शिल्डको उपाधि चुम्न सफल भएको हो ।

त्यसैगरी कालिका मावि भानु ९ डुम्रिखर्कले ५ स्वर्ण ६ रजत र ४ कास्य पदक प्राप्त गरी कुल १५ पदक सहित द्वितीय भएको छ भने ४ स्वर्ण ३ रजत गरी जम्मा ७ पदक जितेर कर्मदा मावि भानु ९ वाइसजङ्घार तृतीय बन्न सफल भएको छ । त्यसैगरी होरालो माविले ३ स्वर्ण ६ रजत र १ कास्य पदक प्राप्त गरी कुल १० पदक प्राप्त गरेको छ भने जनजागृति मावि तुरतुरेले ३ स्वर्ण २ रजत र २ कास्य पदक प्राप्त गरी कुल ७ पदक प्राप्त गरेको छ ।

त्रिभुवन मावि मानेचौकाले २ स्वर्ण १ रजत र २ कास्य पदक प्राप्त गरी कुल ५ पदक प्राप्त गरेको छ । चोक मावि रापुरेटारले २ स्वर्ण १ रजत र २ कास्य पदक प्राप्त गरी कुल ५ पदक प्राप्त गरेको छ भने जयबुद्धले २ स्वर्ण १ रजत र २ कास्य पदक प्राप्त गरी कुल ५ पदक प्राप्त गरेको छ । सरस्वती मन्दिर मावि घलेछापले १ स्वर्ण र २ रजत पदक प्राप्त गरी कुल ३ पदक प्राप्त गरेको छ । भानु संस्कृत मावि चुँदीले १ स्वर्ण पदक प्राप्त गरेको छ । हिमालय मावि चाम्बासले २ रजत र ३ कास्य पदक प्राप्त गरी कुल ५ पदक प्राप्त गरेको छ भने राष्ट्रिय मावि मयाखुले २ रजत र २ कास्य पदक प्राप्त गरी कुल ४ पदक प्राप्त गरेको छ । फिस्टेल माविले १ रजत र ४ कास्य पदक प्राप्त गरी कुल ५ पदक प्राप्त गरेको छ । अरनिको मावि ठूलोढुँगाले ३ कास्य पदक प्राप्त गरेको छ । मनोहर मावि महन्तेहटियाले २ कास्य पदक प्राप्त गरी कुल ३ पदक प्राप्त गरेको शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले जानकारी दिए ।

प्रतियोगितामा २४ वटा विद्यालयहरुको सहभागीता रहेको प्रथम हुने विद्यालयले नगद पुरस्कार रु २५ हजार, ट्रफि र प्रमाणपत्र पाएको छ भने एउटा आकर्षक रनिङ् शिल्ड पनि प्राप्त गरेको छ । त्यसैगरी सर्व द्वितीय हुने कालिका मावि डुम्रिखर्कले रु २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । सर्वतृतीय हुने कर्मदा माविले रु १५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको शिक्षा अधिकृत सरस्वती गुरुङ ढकालले बताइन् ।

पुरस्कार वितरण कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले नगरपालिकाले खेलकूदको क्षेत्रलाई प्राथमिकता दिएको र आगामी दिनमा समेत प्राथमिकता दिईने बताए । उपप्रमुख उमा गोतामेले प्रतियोगितामा बालबालिकाको उत्साहजनक सहभागिता रहेकोमा खुशी ब्यक्त गरिन्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान