मगर भाषाको संरक्षण गर्दै व्यास नगरपालिका

Devghat Online

शेयर गरौ

दमौली, माघ १३

तनहुँको व्यास नगरपालिकाकाले मगर भाषाको संरक्षणको लागि मद्धत गरेको छ । मगर भाषा संरक्षणको लागि नगरपालिकाले मगर समुदायको बाहुल्यता रहेको विद्यालया मगर भाषाको पाठ्यक्रम अनुसार पढाई सञ्चालनको तयारी गरेको छ ।

मगर भाषाको पाठ्यक्रम पठाउनको लागि नगरपालिकाको सहयोगमा शिक्षकलाई तालिम दिन थालिएको छ । नेपाल मगर संघ व्यास नगर समितिको आयोजनामा र व्यास नगरपालिकाको सहयोगमा शनिबार देखि पाँच दिने मातृभाषामा पढाइको शिक्षकलाई पाँच दिने तालिम दिन थालिएको हो । तालिम लिएका शिक्षकले विद्यालयमा मगरभाषाको पाठ्यक्रम अनुसारको कक्षा सञ्चालन गर्ने छन् । पठनपाठनमा सहज बनाउन मगर भाषामा कक्षा सञ्चालन तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले भाषा, साहित्य र कला संरक्षणको लागि ध्यान दिएको बताए । नगरपालिका भित्रको भाषा, सस्कृति र साहित्यको संरक्षण गर्ने उद्धेश्य प्रज्ञा प्रतिष्ठान गठनको स्मरण गर्दै मगर भाषाको संरक्षणको लागि तालिमको लागि दुई लाख रुपियाँ रकम बिनियोजन गरेको बताए । भाषाको संरक्षण गर्न र सिकाइमा प्रभावकारीता ल्याउन भाषामा कक्षा सञ्चालन गर्न मद्धत गरेको उनको भनाई थियो । गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा मगर र गुरुङ भाषालाई प्रयोगमा ल्याउन लागेकोले यस्ता तालिमले मद्धत पुग्ने विश्वास नगर प्रमुख न्यौपानेले गरे । भाषालाई पुस्तान्तरणको लागि सहयोग पुगोस् भन्ने उद्धेश्यले शिक्षकलाई तालिम प्रदान गरिएको नेपाल मगर संघ व्यास नगर समितिको अध्यक्ष रिमा आले मगरले बताइन् ।

समितिका अनुसार यमबहादुर आले, इन्द्रबहादुर आले, अमर थापा, नन्दु थापा, यमलाल थापा, तिलबहादुर थापा, अनुराग थापा मगरले भाषाको पाठ्क्रमको बारेमा प्रशिक्षण दिएका छन् । तालिममा मगर बाहुल्यता भएका सामुदायिक विद्यालयका शिक्षकहरु सहभागी छन् । नेपाल मगर संघ गण्डकी प्रदेशका पूर्व अध्यक्ष सिद्धान्त थापा मगरले भाषा संरक्षणको लागि व्यास नगरपालिकाले चालेको कदम प्रशंसनीय भएको बताए । गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको भाषा बनाउन लागेकोले यस्ता तालिमले भाषा संरक्षण गर्ने अभिभानलाई टेवा पुग्ने विश्वास उनले गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर