प्रेस चौतारी चितवनले सुरु गर्यो पत्रकार सुत्केरी पोषण कार्यक्रम

Devghat Online

शेयर गरौ

चितवन, माघ १४

प्रेस चौतारी नेपाल चितवन शाखाले पत्रकार सुत्केरी पोषण कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । शाखाले चितवनमा रहेका प्रेस चौतारीका सदस्यका नयाँ सन्तानको जन्म हुँदा सुत्केरी आमाको पोषणमा सहयोग गर्ने उद्देश्यले सुत्केरी पोषण कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो ।

प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष सुवास पण्डितका अनुसार प्रेस चौतारी चितवनका सदस्य महिला वा पुरुष जसको नयाँ सन्तानको जन्म भएपनि पाँच हजार रुपियाँ बराबरको सुत्केरी पोषण भत्ता दिनेगरि कार्यक्रम ल्याइएको हो ।

उक्त कार्यक्रम प्रेस चौतारी चितवनका सदस्यहरुले आफ्ना जन्मोत्सव तथा अन्य उत्सवमा सहयोग गरेर स्थापना गरिएको पत्रकार कल्याणकारी कोषबाट आर्जित ब्याजबाट प्रदान गरिने पनि अध्यक्ष पण्डितले जानकारी दिए । उनका अनुसार यहि महिनाबाट सुत्केरी पोषण कार्यक्रम सञ्चालनमा आउने छ । चौतारीले कोषको उपयोग गर्ने कार्यविधि नै निर्माण गरेर पोषण कार्यक्रमको सुरुआत गर्ने निर्णय गरेको हो ।

प्रेस चौतारी चितवनको हिजो बसेको बैठकले निर्णय गरि कार्यान्वयनमा ल्याउन लागेको सुत्केरी पोषण कार्यक्रमले आफ्ना सदस्यलाई सुखमा पनि चौतारी सँगसँगै छ भन्ने महसुस गराउन सहयोग गर्ने उद्देश्य लिइएको पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ