बन्दीपुर–धरमपानी–सारङघाट सडक स्तरोन्नतीका लागि ५ करोड बजेट विनियोजन

Devghat Online

शेयर गरौ

बन्दीपुर, माघ १४

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बन्दीपुर–धरमपानी–सारङघाट सडक स्तरोन्नती का लागि यसै आर्थिक वर्षमा ठेक्का व्यवस्थापन हुने गरी रु ५ करोड बजेट विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र राष्ट्रिय सभा सदस्य तथा सत्तारूढ दलकी प्रमुख सचेतक भगवती न्यौपानेको विशेष पहल बन्दीपुर–धरमपानी–सारङघाट सडक स्तरोन्नतीको कामको लागि पहल कदम चाल्नु भएकोमा गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले धन्यवाद व्यक्त गरेका छन् ।

सडक विभागका महानिर्देशक रामहरी पोख्रेलद्वारा सोमबार बन्दीपुर गाउँपालिकाको कार्यालयलाई यसबारे औपचारिक जानकारी आएको बन्दीपुर गाउँपालिका अध्यक्षको सचिवालयले जनाएको छ ।

यस अघि बन्दीपुर भ्रमण वर्ष २०२५ को उद्घाटनका अवसरमा सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बन्दीपुरको विकास निर्माणमा बजेट सुनिश्चितका लागि आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान