बन्दीपुर–धरमपानी–सारङघाट सडक स्तरोन्नतीका लागि ५ करोड बजेट विनियोजन

Devghat Online

शेयर गरौ

बन्दीपुर, माघ १४

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बन्दीपुर–धरमपानी–सारङघाट सडक स्तरोन्नती का लागि यसै आर्थिक वर्षमा ठेक्का व्यवस्थापन हुने गरी रु ५ करोड बजेट विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र राष्ट्रिय सभा सदस्य तथा सत्तारूढ दलकी प्रमुख सचेतक भगवती न्यौपानेको विशेष पहल बन्दीपुर–धरमपानी–सारङघाट सडक स्तरोन्नतीको कामको लागि पहल कदम चाल्नु भएकोमा गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले धन्यवाद व्यक्त गरेका छन् ।

सडक विभागका महानिर्देशक रामहरी पोख्रेलद्वारा सोमबार बन्दीपुर गाउँपालिकाको कार्यालयलाई यसबारे औपचारिक जानकारी आएको बन्दीपुर गाउँपालिका अध्यक्षको सचिवालयले जनाएको छ ।

यस अघि बन्दीपुर भ्रमण वर्ष २०२५ को उद्घाटनका अवसरमा सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बन्दीपुरको विकास निर्माणमा बजेट सुनिश्चितका लागि आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता