देवघाट, माघ २७
देवघाटका तिनवटा सामुदायिक विद्यालयका शिक्षकहरुलाई एकदिने मोटिभेसनल कक्षा दिईएको छ । सारथी टुगेदर फर नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा बराह आधारभुत विद्यालय, महादेब आधारभुत विद्यालय र नेपाल राष्ट्रिय माविका शिक्षकहरुलाई प्रशिक्षण दिइएको थियो ।
सो प्रशिक्षण कार्यक्रममा तिन वटा विद्यालयका २१ जना शिक्षकहरु सहभागी थिए । कार्यक्रमका प्रशिक्षक नारयणी मावि भरतपुरका शिक्षक खिमानन्द सापकोटाले शिक्षण जति आनन्द पेशा अरु पेशा नरहेको भन्दै उक्त प्रशिक्षणले शिक्षक र विद्यार्थीमा हुनपर्ने सम्बन्धको बारेमा प्रष्ट पार्ने बताए । शिक्षकको हातमा लाखौं विद्यार्थीको भविष्य हुन्छ भन्दै उनले ती विद्यार्थीको भविष्य बनाउन शिक्षकको ठुलो भुमिका रहेको बताए ।
जब विद्यार्थी पढ्न विद्यालयमा आउँछ तब शिक्षकको भुमिका त्यो व्यक्तिलाई कस्तो बनाउने भन्ने कुरा शिक्षको हातमा रहेको सापकोटाले बताए । यसकारण शिक्षकहरु कहि कतै पनि नचुकिकन, झ्याउ नमानिकन आफ्नो धर्म निभाउन कति पनि कन्जुस नगरि कर्म गर्नु पर्ने बताए ।
सारथि टुगेदर फर नेपालका प्रतिनिधि नारायण पुरीले यस कार्यक्रम विकटमा रहेको विद्यालयमा ल्याएर प्रशिक्षण दिदा उपयुक्त हुने भएको कारणले विकट क्षेत्रका विद्यालयका शिक्षकलाई प्रशिक्षण दिएको बताए । उक्त कार्यक्रममा प्रमुख अतिथी भुवन सिं गुरुङले यस प्रशिक्षण विकट विद्यालयको शिक्षकलाई अत्यावश्यक रहेको बताए । प्रशिक्षणको समयमा टाढा टाढा बाट आउने शिक्षकलाई बस्ने खाना व्यवस्था गाउँपालिकाले जिम्मा लिने र प्रशिक्षकको समयमा सबै समयमै उपस्थित हुन पर्ने गुरुङले बताए ।
सो कार्यक्रममा सारथि टुगेदर फर नेपालको प्रतिनिधि सपना पुरी, गाउँपालिका शिक्षा साखा प्रतिनिधि होमनाथ लामिछाने, चक्रवर्ती सामुदायिक वन समुहका अध्यक्ष दिल बहादुर गुरुङ उपस्थिति रहेको थियो भने सो कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष टेकराज सापकोटाको अध्यक्षतामा भएको थियो ।