चितवन दुर्घटनाः घाइतेको संख्या २५ पुग्यो

Devghat Online

शेयर गरौ

चितवन, माघ २७

नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेतीदोभानमा खस्दा घाइते हुनेको संख्या २५ पुगेको छ ।

सबै घाइतेको उपचार चितवन मेडिकल कलेज (सिएमसी)मा भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । बसमा सवार २९ जनामध्ये २५ जना घाइते भएको उनले बताए।

अन्य यात्रु सकुशल छन । टायर पन्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध