दमौली, माघ २७
तनहुँमा आइतबारबाट दोश्रो चरणको खोप अभियान सुरु भएको छ । माघ २७ गते आइतबारदेखी शुक्लागन्डकी नगरपालिकाका विद्यालय जाने २५९१ जना र नजाने ११५ र गरि २७०६ जना, म्याग्दे गाउँपालिकाका विद्यालय जाने ७५८ जना, भिमाद नगरपालिकाका विद्यालय जाने १२७१ र नजाने ६ गरि १२७७ जना, ऋषिङ गाउँपालिकाका विद्यालय जाने ७७७ र नजाने १० गरि ७८७ जना तथा घिरिङ गाउँपालिकाका विद्यालय जाने ५८० जना गरि ६१८० जना किशोरीलाई उक्त खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
उक्त अभियानको लागि म्याग्दे गाउँपालिकामा १३ खोपकेन्द्र, १३ स्वास्थ्यकर्मी, २६ स्वयंसेविका, शुक्लागन्डकी नगरपालिकामा ३५ खोपकेन्द्र, ३५ स्वास्थ्यकर्मी, ७० स्वयंसेविका, भिमाद नगरपालिकामा २५ खोपकेन्द्र, २५ स्वास्थ्यकर्मी र ५० स्वयंसेविका, घिरिङ गाउँपालिकामा १३ खोपकेन्द्र १३ स्वास्थ्यकर्मी र २६ स्वयंसेविका र ऋषिङ गाउँपलिकामा २० खोपकेन्द्र, २० स्वास्थ्यकर्मी र ४० स्वयंसेविका परिचालन हुने प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलामा पाठेघरको क्यान्सर हुने, त्यसमध्ये १ हजार ३१३ जनाको उक्त रोगको कारण मृत्यु हुने गर्छ । हरेक दिन ४ जना महिलाको पाठेघरको क्यान्सरको कारण मृत्यु हुने गरेपछि सरकारले कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने १० देखी १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाउने नीति ल्याएको हो । तनहुँमा आइतबार सबै स्थानीय तहमा प्रमुखहरुको उपस्थितीमा खोप अभियान सन्चालन गरिएको छ ।