देवघाट महा–महोत्सवमा कृषिमन्त्री अधिकारीः देवघाट दिव्यधाम निर्माणमा सरकारको तर्फबाट सहयोग गर्छाै

Devghat Online

शेयर गरौ

देवघाट, माघ २७

देवघाटमा जारी देवघाट–महामहोत्सवमा संघीय कृषिमन्त्री रामनाथ अधिकारीले देवघाट दिव्यधाम निर्माणमा सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री अधिकारीले यो दिव्यधाम सरकारको गौरवको विषय भएको हुँदा यसलाई निर्माण गर्न मन्त्रीपरिषदबाट नै सहयोगको निर्णय गराउने मन्त्री अधिकारीले प्रतिबद्धता जनाए । मन्त्री अधिकारीले देवघाट दिव्यधाम निर्माणकालागि बिदेशबाट आयात गरिने मार्वलमा कर छुट दिने विषयमा मन्त्रीपरिषदबाट पारित गराउने प्रतिबद्धता समेत जनाएका छन् ।

आफु सनातन धर्मप्रति निकै आस्था राख्ने मान्छे भएको भन्दै मन्त्री अधिकारीले यस अघि नै महा–महोत्सवमा आउन खोजेको भएपनि समयअभावको कारण नपाएको र अहिले आउँदा आनन्द महशुस भएको बताए । ‘यो कार्यक्रम प्रति निकै नतमस्तकछु, यो महान संकल्प पुरा होस्’ मन्त्री अधिकारीले भने ‘देवघाट दिब्यधामले देवघाटको धार्मिक पर्यटनमा प्रबद्र्धन हुन्छ ।’ इश्वरकृष्ण महाराजको विचारले देवघाट दिव्यधाम निर्माणको संकल्प पुरा हुने मन्त्री अधिकारीले विश्वास व्यक्त गरे ।

इश्वरकृष्ण महाराजले मातापिता सेवाश्रम र देवघाट दिव्यधामको परिकल्पना अघि सारेर समाजमा मानवसेवाको अनुकरणीय उदाहरण प्रस्तुत गरेकामा कार्यक्रममा उपस्थित अतिथी वक्ताहरुले धन्यवाद व्यक्त गरेका छन् । इश्वरकृष्ण महाराजको प्रेरणाले यस पुण्यभूमि र सेवाको महत्वलाई अझ व्यापक बनाएको वक्ताहरुको भनाई छ ।

३६५ कोठाहरूको संरचनासहित वृद्धवृद्धा र असहायहरूको लागि दीर्घकालीन आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले देवघाट गाउँपालिका–५ तनहुँमा मातापिता सेवाश्रम निर्माणाधीन छ । यो परियोजनाले देवघाट क्षेत्रलाई धार्मिक, सांस्कृतिक र सामाजिक सेवाको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने महत्वाकांक्षालाई अघि बढाएको छ ।

देवघाट दिव्यधाममा दैनिक रुपमा विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको छ । संघीय सरकारका मन्त्री, बाग्मती तथा गन्डकी प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख राजनीतिक दलका सभापती देखी बरिष्ठ नेताहरु, प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदहरु, विभिन्न उच्च पदस्थ प्रशासक तथा व्यक्तिहरु, चलचित्रका नायक, नायिका, गायक, गायिकाहरु तथा देशबिदेशबाट लाखौंको संख्यामा भक्तजनहरुको उपस्थिती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान