भुमि आयोग तनहुँको सदस्यमा कार्की, थापा र उपाध्याय

Devghat Online

शेयर गरौ

दमौली, माघ २९

भूमि समस्या समाधान आयोग तनहुँको सदस्यमा तिन जना नियुक्त भएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मंगलबार आयोगको तनहुँ जिल्ला समितिमा तिन जनालाई नियुक्त गरेका छन् ।

तनहुँको जिल्ला सदस्यमा विज्ञ सदस्यमा श्रीराम कार्की, महिला सदस्यमा आशा थापा र सदस्यमा रामचन्द्र उपाध्याय नियुक्त भएका छन् । कार्की यस अघि पनि आयोगको विज्ञ सदस्य थिए । थापा भानु नगरपालिकाकी निवर्तमान उपप्रमुख हुन् । कार्की र उपाध्याय नेकपा एमाले र थापा नेपाली काँग्रेस निकट हुन् । आयोगको अध्यक्षमा यस अघि नेपाली काँग्रेस निकट गोविन्द सिलवाल नियुक्त भईसकेका छन् ।

केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एकजना अध्यक्ष, विज्ञ र महिलासहित तीनजना सदस्य रहने व्यवस्थाअनुसार मन्त्री अधिकारीले मंगलबार ३९ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् । यो नियुक्तीसँगै आयोगको तनहुँ जिल्ला समितिले पुर्णता पाएको छ । भूमि समस्याको दिगो समाधानका लागि आयोगले द्रुतगतिमा काम गर्ने अपेक्षा गरेको मन्त्री अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशुली किनारमा बालुवा मुनी भेटिएको बस गणपती डिलक्सको भएको पुष्टि

तनहुँ । पुस २९ आबुँखैरेनी गाउँपालिका–५ दुन्द्राङवेशी स्थित त्रिशुली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको

खाल्टेमा माघे सक्रान्तिमा बृहत् सास्कृृतिक कार्यक्रम तथा भलिवल प्रतियोगिता हुने

विष्णु मगर । देवघाट, पुस २८ माघे सक्रान्ति पर्वको अवसरमा देवघाट गाउँपालिका–२ खाल्टेमा बृहत सांस्कृतिक