काँग्रेस र एमालेको गठबन्धन भ्रष्टाचारी जोगाउनको लागि हो –राप्रपा अध्यक्ष लिङदेन

Devghat Online

शेयर गरौ

दमौली, माघ ३०

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशका दुई ठुला पार्टीहरु नेपाली काँग्रेस र एमालेको गठबन्धन भ्रष्टाचारी जोगाउनको लागि भएको आरोप लगाएका छन् । बुधबार दमौलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले । विगतमा गरेको भ्रष्टाचारबाट कसरी जोगिने भन्ने उद्देश्यले नै दुई ठुला पार्टीहरु मिलेको आरोप लगाए । ‘बाचुन्जेल आफ्नो विरुद्ध छानविन हुन नदिन ठुला पार्टीहरु मिलेका रहेछन्’ उनले भने ‘संविधान संशोधनको बाचा सहित बनेको गठबन्धन आफ्नो प्रतिबद्धता विपरित भ्रष्टाचारमा लिप्त बनेको छ ।’

ठुला पार्टीहरु भ्रष्टाचार र ठुला आयोजना बेचेर खाने मात्र हैन, मौका मिल्यो भने देशै बेचेर खाने स्थितीमा रहेको उनले आरोप लगाए । काँग्रेस र एमाले जस्ता ठुला पार्टीहरु मिलेर सरकार बनाउँदा पनि सुशासन आएको र समृद्धि आएको छैन भन्दै उनले अव सामान्य नागरिक भएर सोच्नुपर्ने र देश बचाउन जाग्नुपर्ने बताए ।

देश गम्भिर स्थितीमा रहेको भन्दै उनले देशको अवस्था आँधी आउनु अघिको सन्नाटाको अवस्थामा रहेको बताए । देशभरी राप्रपामा आकर्षण बढेको भन्दै उनले भने ‘तपाईहरु ठिक ठाउँमा आउनु भएको छ । राप्रपामा प्रवेश गर्दा कहिले पनि पश्चाताप गर्न पर्दैन ।’

उक्त कार्यक्रममा राप्रपाका बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे लगायतका नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा राप्रपा तनहुँका अध्यक्ष बिनोद घर्तीले अध्यक्ष लिङदेन सहतिका नेतालाई स्वागत गरेका थिए ।

यसैविच अध्यक्ष लिङदेन सहतिका नेताहरुले बुधबार बिहान तनहुँको प्रसिद्ध धार्मिक स्थल छाब्दी बाराही मन्दिरको दर्शन गरि पुजा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय