प्रणय दिवसमा बन्दीपुरमा भ्रमण वर्ष २०२५ विशेष कार्यक्रम हुने

Devghat Online

शेयर गरौ

बन्दीपुर, माघ ३०

यही फेब्रुअरी १४ तारिख प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा बन्दीपुरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ अन्तर्गत उक्त दिन विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैंश बहादुर गुरुङले बताए ।

उनका अनुसार, बन्दीपुर बजार पाहुनाहरूका लागि विशेष रूपमा सजाइनेछ, यसपालिको भ्यालेनटाइन डे मा बन्दीपुरमा पर्यटकले नयाँ अनुभव बटुल्न पाउनेछन् । कार्यक्रममा नेपाली कमेडीयन खड्कबहादुर पुनको प्रस्तुति रहने साथै चलचित्र ‘दिलसरा’ पनि प्रदर्शन गरिनेछ ।

गएको डिसेम्बर अन्त्य र जनवरीको सुरुवातमा विभिन्न कार्यक्रमहरू गरिएझैं, माघ १ गते माघे संक्रान्तिको अवसरमा गोरु जुधाइ तथा सांगीतिक कार्यक्रमहरू विशेष रूपमा मनाइयो, जसमा देशका विभिन्न स्थानहरूबाट पर्यटकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले आगामी नेपाली नयाँ वर्षलाई लक्षित गर्दै विशेष कार्यक्रम आयोजना गरिने योजना रहेको जानकारी दिए । उनले भने ‘यस्ता कार्यक्रमले बन्दीपुरको प्रवर्धनमा ठूलो सहयोग पुग्नेछ ।’ बन्दीपुर भ्रमण वर्ष २०२५ मा वर्षभरि विभिन्न कार्यक्रमहरू आयोजना गरिंदैछ । वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटकलाई बन्दीपुरमा वास बसाउने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो