देवघाट महा–महोत्सवमा २५ करोड ३६ लाख संकलन, खर्च रकम ३ करोड ४८ लाख

Devghat Online

शेयर गरौ

देवघाट, फागुन ५

गत माघ १ गतेदेखी ३० गतेसम्म देवघाटधाममा आयोजना गरिएको देवघाट महा–महोत्सवमा २५ करोड ३६ लाख ७७ हजार ९५४ रुपैयाँ आर्थिक संकलन भएको छ । महा–महोत्सवको तर्फबाट सोमबार देवघाटमा आयोजित पत्रकार सम्मेलनमा महा–महोत्सवमा उक्त रकम संकलन भएको जानकारी गराइएको छ ।

महा–महोत्सवमा देवघाट दिव्यधाम शिलान्यास कार्यकोलागि ८ करोड १७ लाख ५३ हजार ८५१, साधारण दान ५ करोड ८४ लाख ७८ हजार ८८६, आश्रम तथा मन्दिरको लागि भुमिदान शुल्क स्वरुप ४ करोड २८ लाख ८९७, जलदान तथा अन्नदान स्वरुप १ करोड ४६ लाख ७ हजार ७९३, मन्दिर निर्माण तथा एकहात निर्माण स्वरुप ३ करोड ८७ लाख ७२ हजार ९५०, आश्रमको आजिवन सदस्यता मार्फत १ करोड ५३ लाख ३ हजार ४० र कोठा निर्माण स्वरुप ६८ लाख १ हजार ५५५ रुपैयाँ संकलन भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । उक्त रकम मध्ये २३ करोड २६ लाख ३० हजार १४७ रुपैयाँ नगद र क्युआरकोड मार्फत ८१ लख ७३ हजार २९९ रुपैयाँ क्युआरकोर्ड मार्फत संकलन भएको पत्रकार सम्मेलनमा महा–महोत्सवका सल्लाहाकार श्रीवास कृष्णदास ब्रह्मचारीले जानकारी दिए ।

त्यसैगरि महा–महोत्सव अवधिभर ३ करोड ४८ लाख ४८ हजार १०७ रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा खर्च भएको छ । त्यसमध्ये ४९ लाख ३० हजार ५२५ रुपैयाँ पुन प्रयोग गर्न मिल्ने सामाग्री खरिदमा खर्च भएको छ । उक्त रकम बाहेक वास्तविक खर्च २ करोड ९९ लाख १७ हजार ५८२ रुपैयाँ भएको महा–महोत्सवका सल्लाहाकार श्रीवास कृष्णदास ब्रह्मचारीले जानकारी दिए । खर्च रकम मध्ये सबैभन्दा धेरै आवासकोलागि सिरक डसना तथा अन्य आवास खर्चकोलागि १ करोड ६८ लाख ३८२ रुपैयाँ भएको छ । त्यस्तै महा–महोत्सवमा कथा वाचन गर्ने वाचकहरुको लागि २२ लाख ८९ हजार ५ सय रुपैयाँ खर्च भएको छ । भारतबाट भएकी लोकप्रिय कथा वाचिका देवी प्रतिभाको टोलीलाई २० लाख भन्दा बढि भुक्तानी गरिएको बताईएको छ ।

महा–महोत्सवमा रसिद मार्फत, भुमिदान स्वरुप, अन्नदान स्वरुप, आजिवन सदस्यता मार्फत, कोठा निर्माण वापत, क्युआर कोड मार्फत तथा दान पेटिकामा संकलित रकम सबै गरि २७ करोड रकम संकलन भएको महा–महोत्सवका संकल्पकर्ता इश्वरकृष्ण महाराजले बताए । विभिन्न चार्टड एकाउन्टेन्ट मार्फत गरिएको हिसाब किताव रुजु गरि आम्दानी खर्च सार्वजानिक गरिएको महा–महोत्सवका संकल्पकर्ता एवं विश्व जागरण महाअभियान ट्रष्टका अध्यक्ष इश्वरकृष्ण महाराजले बताए ।

सकंलित रकमले देवघाट गाउँपालिका–५ तनहुँमा निर्माणाधिन ३६५ कोठाको मातापिता सेवाश्रमको पुर्णता र देवघाट दिव्यधाम निर्माणमा खर्च गरिने महा–महोत्सवका संयोजक डा.केशव भुर्तेलले बताए । उनले उक्त रकम पारदर्शी रुपमा खर्च गरिने भन्दै महा–महोत्सवमा संकलित रकमको एक पैसा पनि दुरुपयोग नहुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक