वडा सचिवले वडा अध्यक्षसँग कमिसन मागेपछि भेटे झापड

Devghat Online

शेयर गरौ

बन्दीपुर, फागुन ५

बन्दीपुर गाउँ पालिका वडा नम्बर ६ का वडा अध्यक्ष बलबहादुर गुरुङले सोमबार बिहान सोही वडाका सचिव नवीन भुषाललाई कार्यकक्षमा कुटपिट गरे । कुटपिटबाट घाइते सचिव भुषाललाई बन्दीपुर अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचार र परिक्षणको लागि सोमबार सांझ चितवन मेडिकल कलेज भरतपुर लगियो । वडा अध्यक्ष गुरुङलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

खासमा उक्त घटना कमिसनको कारण सिर्जना भएको बुझिएको छ । गत साता सम्पन्न वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको बिल पास गरि भुक्तानीको लागि पहल गर्ने क्रममा सचिव भुषालले वडा अध्यक्ष गुरुङसँग कमिसन मागेपछि आक्रोसित बनेका वडा अध्यक्ष गुरुङले सचिव भुषाललाई एक झापड हानेको खुलेको छ ।

सोही प्रतियोगिताको भुक्तानी लिने प्रक्रियाकोलागि आईतवार वडा अध्यक्ष गुरुङ र सचिव भुषाल सँगै एउटै मोटरसाइकलमा गाउँ पालिका आएका थिए । गाउँ पालिकामा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायतसँग छलफल पश्चात् पुनः दुबैजना सँगै वडा कार्यालय फर्किए । उक्त विषयमा दुबै जना पुन: मंगलबार गाउँ पालिका जाने सल्लाह भएको थियो । वडा अध्यक्षले सोमबार बिहान वडा कार्यालय खुलेपछि उक्त भुक्तानीको फाईलमा हस्ताक्षर गर्न सचिवलाई अनुरोध गर्दा सचिवले मलाई कति कमिसन आउँछ ? भन्ने प्रश्न गरेको वडा अध्यक्ष गुरुङले बताए । सचिवले कमिसन आउने भए सही गर्छु नत्र गर्दिन भनेपछि आफुलाई रिस उठेपछि एक झापड हानेको गुरुङले बताए । उक्त विषयमा जानकारी लिनको लागि सचिव भुषालसँग भने सम्पर्क हुन सकेको छैन ।

यसैबीच तनहुँ जिल्लामा क्रियाशील निजामती कर्मचारीका विभिन्न संगठनले सचिवलाई कुटपिट गर्ने वडा अध्यक्ष गुरुङलाई कारवाहीको माग गरेका छन् । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष नारायणप्रसाद अधिकारी, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भगवान त्रिपाठी, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तिर्थ थापा र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष राजकुमार श्रेष्ठले संयुक्त विज्ञप्ति प्रकाशित गरि कुटपिटमा संलग्न वडा अध्यक्ष गुरुङलाई कारवाहीको माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक