कर्मचारीको आन्दोलनले बन्दीपुर अस्पतालको सेवा प्रभावित, स्वास्थ्य सेवा नपाएर सर्वसाधरण फर्कनुपर्यो

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ६

बन्दीपुर गाउँपालिका–५ का आसलाल गुरुङ मंगलबार दिउँसो उपचारकोलागि बन्दीपुर अस्पताल आए । तर ओपिडी सेवाका स्वास्थ्यकर्मीले उनको स्वास्थ्य परिक्षण गरेनन् । स्वास्थ्य जस्तो अत्यावश्यक सेवामा खटिएका कर्मचारीहरु हड्तालमा उत्रदा सर्वसाधरण नागरिकले सहज रुपमा स्वास्थ्य सेवा लिन पाएका छैनन् । आशलाल मात्र नभई अन्य केही सर्वसाधरण पनि मंगलबार स्वास्थ्य सेवाबाट बन्चित भएका थिए । बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बलबहादुर गुरुङले सोही वडाका सचिव नविन भुषाललाई कुटपिट गरेको भन्ने विषयको विरोधमा बन्दीपुर गाउँपालिकाका कर्मचारीको विरोधको कारण मंगलबार गाउँपालिकाको स्वास्थ्य सेवा लगायत अन्य सेवाहरु प्रभावित भएको थियो ।

उपचार गर्न नपाएपछि आक्रोशित भएका सर्वसाधरणले कानुनी प्रक्रियामा गईसकेको विषयमा कर्मचारीहरुले हड्ताल गर्दा आफुहरुले उपचार गर्न नपाएकोमा आक्रोश व्यक्त गरे । उनीहरुले कुटपिटमा संलग्न भएको भनिएका वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेर मुद्धा दर्ता गरिसक्दा पनि कर्मचारीहरुले हड्ताल गर्नु सोभनीय नभएको बताएका छन् । मंगलबार दिनभर बन्दीपुर अस्पतालमा ओपिडी सेवा स्थगित गरिएको भए पनि आकस्मिक सेवा भने सञ्चालनमा रहेको थियो । बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख किरण श्रेष्ठले बन्दीपुर अस्पतालको आकस्मिक सेवा प्रभावित नभएको बताए ।

कर्मचारीको विरोधको कारण गाउँपालिकाको शिक्षा, स्वास्थ्य, राजस्व, प्राविधिक, पञ्जीकरण, रोजगार लगायतका शाखाहरूमा आंशिक रूपमा सेवा बन्द भएको थियो । तर वडा कार्यालयहरुको सेवा भने निर्वाधरुपमा सन्चालन भएको थियो ।

बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गुरुङले सोमबार बिहान सोही वडाका सचिव नवीन भुषाललाई कार्यकक्षमा कुटपिट गरेको घटनाले निकै चर्चा पाएको छ । कुटपिटबाट घाइते भएका भनिएका सचिव भुषाललाई बन्दीपुर अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचार र परिक्षणको लागि सोमबार सांझ चितवनको भरतपुर अस्पताल लगिएकोमा उक्त अस्पतालले अवस्था सामान्य भन्दै मंगलबार डिस्चार्ज गरेको छ ।

वडा अध्यक्ष गुरुङलाई भने सोमबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो । पीडितले जिल्ला प्रहरी कार्यालय चितवन मार्फत आरोपित वडा अध्यक्षको विरुद्धमा तनहुँ प्रहरीमा मंगलबार जाहेरी दिएका छन् । तनहुँ प्रहरीले मंगलबार आरोपित गुरुङ विरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यहारको मुद्धा दर्ता गरि १० दिनको लागि हिरासतमा राख्न म्याद लिएको छ ।

उक्त घटनाको निश्पक्ष अनुसन्धान हुनुपर्ने माग वडा नम्बर ६ का सर्वसाधरणहरुले गरेका छन् । कानुन हातमा लिएर कुटपिट गर्ने कार्य गैरकानुनी हुँदा वडा अध्यक्ष गुरुङ कारवाहीको भागिदार भएपनि पीडित भनिएका सचिव भुषाल पनि निर्दाेष हुन भन्ने आधार नभएको वडा नम्बर ६ का सर्वसाधरणहरुले बताएका छन् ।

सामाजिक सन्जालमा आएको तश्विर र भिडियोलाई आधार बनाएर अधिकांश सर्वसाधरणले सचिव भुषालप्रति सहानुभुती देखाएपनि उनले वडा अध्यक्ष कप भलिवल प्रतियोगिताको बिल पास गर्ने क्रममा कमिसन माग गरेको कुरा नाम उल्लेख गर्न नचाहाने सोही वडाका अन्य जनप्रतिनिधिले पनि बताएका छन् । आफ्नो भागमा कमिसन नछुट्याइकन बिल पास नगर्ने भन्दै उनले वडा अध्यक्षलाई एक साता सम्म झुलाएको आरोप उनीहरुले लगाएका छन् । वडा अध्यक्ष गुरुङले आफ्नो तलब भत्ता पनि सामाजिक काममा खर्च गर्दै आएका थिए । उनले सचिवले आफुसँग कमिसन माग गरेको विषयलाई लिएर आवेशमा आएर एक÷दुई झापड हानेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान