बन्दीपुर हिलमा महाशिवरात्री विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने

Devghat Online

शेयर गरौ

तनहुँ, फागुन ७

महाशिवरात्रीको अवसरमा बन्दीपुर हिलमा महाशिवरात्री विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । उक्त कार्यक्रमको सहजीकरण बन्दीपुर हिल अन्तर्गत सञ्चालनमा रहेको बन्दीपुर केबलकारले गर्नेछ ।

यही फागुन १४ गते, बुधवार बन्दीपुर केबलकारको लोअर स्टेसनमा हुने यस कार्यक्रम बिहान ९ बजेबाट राति ९ बजे सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा सन्ध्या शिव आरती, शिवजीको विराट रूपको दर्शन, महाशिवरात्रि धुनी तथा शिव सङ्कीर्तनको विशेष आयोजन गरिनेछ ।

यस पवित्र अवसरलाई भव्य बनाउन विभिन्न तयारी गरिरहेको हुँदा धार्मिक आस्था राख्ने सम्पूर्ण भक्तजनलाई यस अवसरमा उपस्थित भई पुण्य कमाउन समेत ‘महाशिवरात्रि कार्यक्रम’ आयोजक समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक