बन्दीपुर हिलमा महाशिवरात्री विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने

Devghat Online

शेयर गरौ

तनहुँ, फागुन ७

महाशिवरात्रीको अवसरमा बन्दीपुर हिलमा महाशिवरात्री विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । उक्त कार्यक्रमको सहजीकरण बन्दीपुर हिल अन्तर्गत सञ्चालनमा रहेको बन्दीपुर केबलकारले गर्नेछ ।

यही फागुन १४ गते, बुधवार बन्दीपुर केबलकारको लोअर स्टेसनमा हुने यस कार्यक्रम बिहान ९ बजेबाट राति ९ बजे सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा सन्ध्या शिव आरती, शिवजीको विराट रूपको दर्शन, महाशिवरात्रि धुनी तथा शिव सङ्कीर्तनको विशेष आयोजन गरिनेछ ।

यस पवित्र अवसरलाई भव्य बनाउन विभिन्न तयारी गरिरहेको हुँदा धार्मिक आस्था राख्ने सम्पूर्ण भक्तजनलाई यस अवसरमा उपस्थित भई पुण्य कमाउन समेत ‘महाशिवरात्रि कार्यक्रम’ आयोजक समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध