प्रजातन्त्र दिवसको अवसरमा देवघाटधाम जेसीज र लियो क्लव देवघाटद्वारा दीप प्रज्वलन

Devghat Online

शेयर गरौ

देवघाट, फागुन ७

७५ औं प्रजातन्त्र दिवसको अवसरमा देवघाटधाम जेसीज तथा लियो क्लव देवघाट चौतारीको संयुक्त आयोजनामा बुधबार साँझ देवघाट गाउँपालिका कार्यालयको प्राङ्गणमा दीप प्रज्जवलन कार्यक्रम सम्पन्न भएको छ ।

देवघाटधाम जेसीज २०२५ का अध्यक्ष प्रशन्न ढकालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तथा देवघाटधाम जेसिजका मानार्थ सदस्य तिल बहादुर थापा, विशिष्ट अतिथि देवघाट गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अध्यक्ष दिनेश सारु, देवघाट गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा देवघाट गाउँपालिकाका प्रवक्ता एवम् देवघाटधाम जेसीजका मानार्थ सदस्य पूर्ण बहादुर कुँवर रहेका थिए ।

कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य यम बहादुर मगर, देवघाट गाउँपालिकाका प्रशासन प्रमुख गोविन्द प्रसाद पौडेल, लेखा अधिकृत सरद न्यौपाने, इन्जिनियर तिर्थराज ढुङ्गाना, लेखापाल सञ्जय शर्मा लगायत अन्य कर्मचारीहरुको साथै देवघाटधाम जेसीज तथा लियो क्लब अफ देवघाट चौतारीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

देवघाटधाम जेसिज वर्ष २०२५ की तालिम आयुक्त तथा लियो क्लब अफ देवघाट चौतारीकी अध्यक्ष स्वस्तिका धितालको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि तील बहादुर थापाले राष्ट्रिय प्रजतन्त्र दिवस २०८१ को शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष थापाले वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रमका अध्यक्ष देवघाट धाम जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी प्रशन्न ढकालले वीर सहिदहरूको त्याग तपस्या र बलिदानले गर्दा नै प्रजातन्त्र, लोकतन्त्र हुँदै आज गणतन्त्र स्थापना भई हामीले स्वतन्त्रतापूर्वक बोल्न पाएका छौं र आफ्ना विचारहरू राख्न पाएका छौं भन्ने धारणा राख्दै सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको