बन्दीपुर गाउँपालिकामा अबरुद्ध भएको सेवा सुचारु गर्न एमाले बन्दीपुरको माग

Devghat Online

शेयर गरौ

बन्दीपुर, फागुन ८

नेकपा एमाले बन्दीपुर गाउँ कमिटीले कर्मचारीहरु अबरुद्ध गरेको गाउँपालिका र वडा कार्यालयहरुको सम्पूर्ण सेवा सुचारु गर्न आह्वान गरेको छ । एमाले बन्दीपुरका अध्यक्ष रवि श्रेष्ठले बिहिवार विज्ञप्ति प्रकाशित गरि गाउँपालिकाको सेवा सुचारु गरि नागरिकको अधिकारको सम्मान गर्न अनुरोध गरेको हो ।
वडा नम्बर ६ का वडा सचिव नविन भुसालमाथि कार्यस्थलमै भएको कुटपिट घटना प्रति नेकपा (एमाले) बन्दीपुर गाउँ कमिटी गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा उक्त घटनाले कर्मचारी सुरक्षासँगै स्थानीय सेवा प्रवाहमा प्रत्यक्ष असर पुऱ्याएको र जसका कारण नागरिकहरू आवश्यक सेवा लिन नपाएर निराश भएकाे जनाईएको छ ।

हाल सो घटनाको कानुनी प्रक्रिया अगाडि बढिसकेको र परिस्थितिजन्य कारणले घटित यो घटनालाई विधिसम्मत रूपमा समाधान गर्दै राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिबीच आपसी समझदारी, सहकार्य र सौहार्दपूर्ण सम्बन्धलाई बलियो बनाउन आवश्यक देखिने भन्दै विज्ञप्तिमा सेवाप्रवाहलाई सहज, प्रभावकारी र जनमुखी बनाउन कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध सुमधुर हुनुपर्दछ भन्ने स्पष्ट धारणा रहेको एमाले बन्दीपुरले जनाएको छ ।

‘यही घटनाका कारण गाउँपालिकामा कार्यरत कर्मचारीहरुले अत्यावश्यक बाहेकका सेवाप्रवाह पूर्ण रुपमा बन्द गर्दा बन्दीपुर अस्पताल, धरमपानी स्वास्थ्य चौकी, वडा कार्यालय तथा गाउँपालिकाका विभिन्न सेवा केन्द्रहरूबाट प्रवाह हुने सेवा अवरुद्ध हुँदा सर्वसाधारण नागरिकहरू ठूलो समस्यामा परेका छन्।’ विज्ञप्तिमा भनिएको छ ‘बिरामीहरू समयमै उपचार सेवा लिन नपाउनु, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरू सामाजिक सुरक्षा सम्बन्धी सेवा लिन नपाएर फर्किनु, अन्य नागरिक प्रशासनिक सेवा नपाएर हैरान हुनु दुःखद र अस्वीकार्य अवस्था हो। यस घटनालाई लिएर कुनै पनि पक्षबीच कटुता उत्पन्न हुनु भन्दा कानुनी प्रक्रियाबाट निष्पक्ष समाधान खोज्नुपर्ने तथा अवरुद्ध सेवा प्रवाहलाई तत्काल पुनः सञ्चालन गरी नागरिकहरूको असुविधा न्यून गर्न सरोकारवाला निकायहरूलाई अपिल गर्दछौं।’

त्यसैगरी, तनहुँ जिल्लामा क्रियाशील ट्रेड युनियनकर्मीहरूलाई पनि यो घटनाको समाधानमा समन्वयकारी भूमिका निर्वाह गर्न विज्ञप्तिमा अनुरोध गरिएको छ। कर्मचारी हित, सुरक्षाको प्रत्याभूति र सेवा प्रवाहलाई प्रभावकारी बनाउन ट्रेड युनियनकर्मीहरूको सकारात्मक पहल आवश्यक रहेको विश्वासका साथ आपसी समझदारीका लागि सहकार्य गर्न तयार रहेको पनि विज्ञप्तिमा जनाईएको छ ।

यस्तै घाइते वडा सचिव नविन भुसालको स्वास्थ्य लाभको कामना गर्दै, भविष्यमा राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन सम्बद्ध पक्षहरुलाई जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न एमाले बन्दीपुर गाउँ कमिटीले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको