मगर दिवसको अवसरमा देवघाटमा सांस्कृतिक कार्यक्रम

Devghat Online

शेयर गरौ

देवघाट, फागुन १५

मगर संघ स्थापना दिवसको अवसरमा विहिबार देवघाटमा मगर समुदायको ‘बृहत साँस्कृतिक कार्यक्रम’ आयोजना भएको छ । देवघाट मगर उत्थान समाजको आयोजनामा ४३ औँ मगर स्थापना दिवस तथा देवघाट मगर उत्थान समाजको २७ औँ बार्षिकोत्सवको अवसरमा विहिबार बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

मगर जातिको भाषा, कला, धर्म तथा संस्कृतिको संरक्षण गर्नका लागि बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको देवघाट मगर उत्थान समाजकी कार्यवाहक अध्यक्ष अमृता थापामगरले बताइन् । नयाँ पुस्तालाई मौलिक संस्कार हस्तान्तरण गराउने उद्देश्यका साथ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको उनले बताइन् ।

देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित नयाँ बस्ती हाट बजारमा भएको उक्त कार्यक्रममा देवघाटका विभिन्न ६ वटा मगर समुहले कौराहा प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिका टिका पुन मगर, बबिता थापामगर, पृथ्वी गुरुङ, निश्चल थापामगर, शिव थापामगर र डान्सर आना मगरको प्रस्तुती रहेको थियो । उक्त कार्यक्रम अघि देवघाटमा मगर समुदायले दासढुङ्गा पुलबाट कार्यक्रम स्थलसम्म ¥याली र झाँकी प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान