दोस्रो सिद्ध कपको उपाधी सप्तरङ्गी युवा क्लब सुखौरालाई

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १८

महाशिवरात्रिको अवसरमा तनहुँको बन्दिपुर गाउँपालिका–६,ज्यामिरेस्वाँरामा आयोजित गाउँस्तरीय भलिबल प्रतियोगिताको उपाधि सप्तरङ्गी युवा क्लब, बन्दिपुर–३, सुखौरा ले जितेको छ । फाइनल खेलमा आयोजक सिद्ध युवा क्लब, बन्दिपुर–६ लाई २–१ को सेट अन्तरले पराजित गर्दै सप्तरङ्गी युवा क्लबले उपाधि हात पारेको हो ।

विजेता बनेको सप्तरङ्गी युवा क्लब, सुखौराले नगद रु.३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको सिद्ध युवा क्लब, बन्दिपुर–६ (आयोजक) ले नगद रु.२० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । तेस्रो स्थानमा रहेको हिमचुली युवा क्लब, देवघाट–दगरा ले नगद रु. १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा कुल २३ टिम सहभागी रहेको भन्दै क्लबका अध्यक्ष चिज कुमार गुरुङ (बाबु) ले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले स्थानीय स्तरमा यस्ता प्रतियोगिताहरूको आयोजना हुनु खेलकुदको प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताए ।

उनले भने ‘खेलकुद केवल मनोरञ्जनका लागि मात्र होइन, यो अनुशासन, टीम स्पिरिट र शारीरिक तन्दुरुस्तीको लागि पनि अति आवश्यक छ । यस्ता प्रतियोगिताहरूले युवाहरूमाझ खेलप्रतिको रुचि बढाउने, नयाँ प्रतिभाहरूलाई पहिचान गर्ने, र उनीहरूलाई अघि बढ्ने अवसर प्रदान गर्ने गर्छ । बन्दीपुर गाउँपालिकाले भविष्यमा पनि खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्नेछ ।’

यस्तै स्थानीय स्तरमा यस्ता प्रतियोगिताले युवाहरूलाई अनुशासन, एकता, र स्वस्थ प्रतिस्पर्धाको भावना विकसित गर्न मद्दत गर्ने बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बलबहादुर गुरुङले बताए । उनले भने खेलकुद प्रवद्र्धनका लागि वडाले आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक