काठमाडौं, फागुन १८
नेकपा एमाले केन्द्रीय प्रचार विभागको सचिवमा गणेश पाण्डे मनोनीत भएका छन् । केन्द्रीय सचिवालयको आइतबारको बैठकले पाण्डेलाई सचिव बनाएको हो ।
यसअघिका सचिव गगन विष्ट राष्ट्रिय सूचना आयोगको आयुक्त नियुक्त भएपछि रिक्त रहेको पदमा पाण्डेलाई मनोनीत गरिएको बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए ।
प्रेस चौतारी नेपालका उपाध्यक्ष रहेका पाण्डे आसन्न अधिवेशनमा अध्यक्षका दाबेदार थिए ।