दोश्रो म्याग्दे अध्यक्षकपः आइतबारको खेलमा म्याग्दे र शुक्लागन्डकी बिजयी

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १८

म्याग्दे गाउँपालिकाद्वारा आयोजित ‘दोश्रो म्याग्दे अध्यक्ष कप–२०८१’ प्रदेश स्तरीय फुटवल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा आयोजक म्याग्दे गाउँपालिका र शुक्लागन्डकी नगरपालिका बिजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत आइतबार पहिलो खेल आयोजक म्याग्दे र कास्कीको रुपा गाउँपालिका विच खेल हुने तय भएकोमा रुपा गाउँपालिका अनुपस्थिती भएपछि म्याग्देलाई बिजयी घोषित गरिएको थियो । त्यस्तै दाश्रो खेलमा शुक्लागन्डकी नगरपालिका र ऋषिङ गाउँपालिका विच भएको खेलमा पेनाल्टी सुट आउटमा शुक्लागन्डकी ५–४ गोल अन्तरले बिजयी भएको छ । यो सँगै म्याग्दे र शुक्लागन्डकी सेमिफाइनलमा पुगेका छन् ।

सोमबार पहिलो खेल बन्दीपुर गाउँपालिका र अन्नपुर्ण गाउँपालिका कास्की विच हुनेछ भने दोश्रो खेल व्यास नपा र दोर्दी गाउँपालिका विच हुने म्याग्दे गाउँपालिकाका शिक्षा तथा खेलकुँद शाखाका प्रमुख विष्णु खत्रीले जानकारी दिए ।

‘म्याग्देको पर्यटन विकासका लागि खेलकुँद’ भन्ने मुल नाराका साथ वडा नम्बर ५ को छाङपाटन खेलमैदानमा उक्त प्रतियोगिता आयोजना गरिएको छ । फागुन २३ गते सम्म चल्ने उक्त प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै द्वितीय पुरस्कार १ लाख ५० हजार तथा बिजेता र उपबिजेता टिम र खेलाडीलाई ट्रफी, मेडल र प्रमाण–पत्र समेत प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । साथै सेमिफाइनल पुग्ने २ टिमलाई १५÷१५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।

त्यस्तै उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद दश हजार र विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच हजार र सेमिफाइनल पछिका हरेक खेलका म्यान अफ द म्याच खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । उक्त प्रतियोगितामा ११ वटा स्थानीय तहको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान