‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन १९

‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण गरिएको छ । प्रेस चौतारी नेपालका उपाध्यक्ष रहेका पत्रकार गणेण पाण्डेद्वारा सम्पादित उक्त पुस्तक राष्ट्रिय सभा गृहमा आयोजित एक समारोहबीच सोमबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरेकी हुन् । पुस्तक अल्केमी प्रकाशनले प्रकाशन गरेको हो ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका अनेकन संघर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेका नेतृत्वदायी पहललाई केन्द्रमा राखेर यो पुस्तक तयार गरिएको पुस्तकका लेखक पाण्डेले बताए ।
पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वका लेख–रचना समेटिएका छन् । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेख्य सहभागिता थियो ।

उक्त पुस्तक लोकार्पण गर्दै पूर्वराष्ट्रपति विद्या भण्डारीले मुलुकको राजनीति, सामाजिक तथा आर्थिक परिवर्तन गर्न प्रधानमन्त्री ओली अध्यक्ष रहेको पार्टी नेकपा एमालेको महत्वपूर्ण योगदान रहँदै आएको बताएकी छन् । भण्डारीले कम्युनिष्ट आन्दोनलाई एकताबद्ध गर्न सुझाव दिइन् ।

उनले भनिन् ‘अध्यक्ष ओलीले नेकपा एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रिककरण गर्न, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ बनाउन निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाको म सरहाना गर्दछु । भविष्यमा समेत यस किसिमका रचनात्मक पहलकदमी र अग्रसरता कायम राख्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँबाट ठूलो योगदान पुग्ने नै छ । पार्टीका समस्थ नेता कार्यकर्ताहरुको उहाँबाट अपेक्षा पनि यस्तै छ ।’

उनले जबजको मार्गदर्शनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने प्रयासलाई समर्थन जनाइन् । राजनीतिक दलहरूले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई गहिरोसँग आत्मसाथ गर्नुपर्नेमा जोड दिइन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति गर्नेले बिचारमा पार्टीलाई डो¥याउन सक्नु पर्ने बताए । विचार बिनाको नेता प्राविधिक रूपमा मात्र नेता बन्ने भन्दै पोख्रेलले भने ‘केपी शर्मा ओली विचार सहितको नेता हो’ ।

केपी शर्मा ओली झापा विद्रोहमा पनि मानव हत्या विरुद्ध असहमति राख्ने नेता भएको पोख्रेलले बताए । ओली मदन भण्डारीको जनताको बहुदलीय जनवादको मस्यौदाकार समेत रहेको स्पष्ट पारे । समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनाकार ओली संगठित विचार र योजनाकार रहनुभएको उनले भने । समृद्ध नेपाल, सुखी नेपाली परिपूर्ण लोकतन्त्रको आयाम भएको पोखरेलले स्पष्ट पारे ।

पूर्वराजदूत नीलाम्बर आचार्यले केपी ओली जस्तोसुकै अप्ठेरोमा पनि लड्न सक्ने आत्मबल भएको व्यक्ति भएको बताए । आचार्यले केपी ओलीबाट धेरै बल प्रेरणा र सफलता प्राप्त गर्न सकिने बताए । आत्मबल छ, जीवमा जतिसुकै अप्ठेरो आए पनि हार नखाने आँट छ, उद्देश्य छ, लक्ष छ, देशका निमित्त खटिरहने आचरण छ, निरन्तर अध्ययन गरिराख्ने बानी छ, ज्ञान लिइराख्ने बानी छ, यो तपाईँ हामीले सिक्नु पर्ने कुरा हो, राजनीतिमा त यो अति आवश्यक हुन्छ’, उनले भने ।

आचार्यले केपी ओली समृद्ध नेपाल, सुखी नेपालीको स्वप्नद्रष्टा भएको आचार्यले बताए । ‘केपी ओली समृद्ध नेपाल, सुखी नेपालीको अवधारणाकार हो, सपनाकार हो, योजनाकार हो, हामी समृद्ध नेपाल निर्माण गर्न चाहन्छौँ भने समृद्ध नेपाल निर्माण गर्ने शक्ति चाहिन्छ, पुरै देशलाई जोड्नु पर्छ, एकीकृत गर्नु पर्छ, विभाजित नेपालले समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्न सकिँदैन’, उनले भने ।

नायिका केकी अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली सबै खालका सल्लाह, सुझाव र गुनासो मज्जाले सुन्न सक्ने व्यक्तित्व भएको बताइन् । नायिका अधिकारीले ओलीमा मिजास र ऊर्जा दुवै भएको बताउनुभयो । ‘उहाँ मिजासिलो र ऊर्जाशील व्यक्तित्व हुनुहुन्छ, मैले सधैँ उहाँलाई त्यस्तो पाएको छु’, अधिकारीले भनिन् । प्राप्त गरेको मञ्च र ख्यातिलाई देश र समाजको हितको लागि प्रयोग गर्नुपर्ने सुझाव ओलीले सधैँ दिने गर्नुभएको अधिकारीले बताइन् ।

उक्त कार्यक्रममा गायक एवं अभिनेता प्रकाश सपूतले प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिका अद्भुत व्यक्तित्व भएको बताए । पुस्तक लोकार्पण समारोहमा बोल्दै सपूतले ओलीबाट संघर्ष सिक्नुपर्ने बताएका हुन् । ओलीको राजनीतिमात्र नभई कला, साहित्य र व्यङ्ग्य चेत निक्कै माथि रहेको उनको भनाइ थियो । ‘सपना देख्न पछि हट्ने, प्रगति गर्न पछि हट्ने, संघर्ष गर्न पछि हट्नेका लागि केपी ओलीको जीवन प्रेरणादायी छ’, सपूतले भने ।

उक्त कार्यक्रममा चिकित्सक भगवान कोइराला, उद्योगी चन्द्र ढकाल, बैंकर अशोक सेरचन, पत्रकार कृष्णमुरारी भण्डारी, पत्रकार कनकमणी दिक्षित लगायतले प्रधानमन्त्री केपी शर्मा ओलीको जिवन प्रेरणादायी र सबैले अनुशरण गनुपर्ने खालको भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक