शुक्लागन्डकीका मेयर पण्डितको ब्यवसायिक कागती खेती

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २२

शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले ब्यवसायिक कागती खेतीमा लागेका छन् । मेयर पण्डितले आफ्नो पुख्र्याैली थलो म्याग्दे गाउँपालिका वडा नम्बर ४ मा १० रोपनीभन्दा धेरै जमिनमा कागजी खेति सुरु गरेका छन् ।

नगरपालिकाको काममा ब्यस्तताका विच समेत हरेक विहान कागतीको गोलमेल र रेखदेखका लागि केही समय छुट्याएर बारीमा पुग्ने भन्दै मेयर पण्डितले स्वास्थ्यका लागि समेत बिहान चाँडो उठेर विरुवाको गोडमेल गर्न उपयुक्त लाग्ने बताए ।
हाल एक हजारभन्दा बढी कागतीका विरुवाले फल दिन सुरु गरेको उनले जानकारी दिए । घरायसी प्रयोगका लागि प्रशस्तै पुग्ने भएपनि आगामी बर्षबाट ब्यवसायिकरुपमा उत्पादन हुने उनले विस्वास ब्यक्त गरे । ‘आगामी बर्षबाट बजार पठाउने गरि हजारौ किलो उत्पादन हुनेछ’ उनले भने, ‘एक सिजनमा १५– २० हजार किलो कागती उत्पादन हुन्छ ।’ भुगोल र माटो सुहाउदो खेति कागतीलाई बादर लगायतका जंगली जनावरले समेत कम क्षति गर्ने भएकाले बाँझिएको जमिनमा यो खेति सुरु गरेको पण्डितले बताए ।

पृथ्वीराजमार्गबाट केही मिनेटको दुरीमै रहेको जमिनमा मेयर भईसकेका ब्यक्तीले कागजी खेति गरेपछि अन्यलाई समेत यस प्रतिको चासो बढेर गएको छ । सामान्यतया कोदो मकै लगायतका खाद्यान्न लगाउदाँ जंगली जनावरले नोक्सान गर्नेभन्दै बाँझो बसेको बारीहरुमा अन्यले समेत कागती खेती सुरु गर्न थालेको स्थानीय हेमकुमार कायस्थले बताए । उनले समाजका अगुवाई गर्ने ब्यक्तिहरुले कृषिमा चासो दिएर संलग्न हुने हो भने कृषि पेशाप्रतिको दृष्टिकोण नै सम्मानित बन्ने बताए ।

नेपाली काँग्रेसकै नेता बालकृष्ण पौडेलले मेयर पण्डितको जस्तै अन्य जनप्रतिनिधीहरुको देखिने गरि कुनै पेशा ब्यवसाय हुनुपर्नेमा जोड दिए । खेति गर्ने संस्कृति लोप हुदै जान थालेको अवस्थामा नगर प्रमुखको काम उदाहरणीय भएको पौडेलको बुझाई छ । ‘गाउँघरमा बाँझिएका जमिनमा केही गर्न सकिन्छ है भन्ने आशा मेयरको प्रयासले जगाएको जस्तो लाग्यो ।’ उनले भने । जनप्रतिनिधीहरु मार्गदर्शक बन्ने हो भने जनस्तरमा केही गर्न सकिन्छ भन्ने हौसला बढेर आउने पौडेलको बुझाई छ ।
बजार माग उच्च रहेको कागजी खेतिसँग अव पुख्यौली जमिनमा ब्यवसायिक रुपमा मेवा खेति गर्ने तयारी समत मेयर पण्डितको रहेको छ । उनले आम्दानीसँगै कृषिको विकास, स्थानीयलाई रोजगारीको अवसर र बाँझिएका जमिनको उपयोगमा सहयोग पुग्ने सोच सहित लागि परेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको