एमाले बन्दीपुरका अध्यक्ष श्रेष्ठको रास्वपा बन्दीपुरका सभापती पन्तलाई खुलापत्रः ‘बोल्ने होइन, काम गरेर देखाउने हो ’

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २२

नेकपा एमाले बन्दीपुर गाउँ कमिटिका अध्यक्ष रवि श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी बन्दीपुर गाउँ समितिका सभापती बासु पन्तलाई खुलापत्र लेख्दै बोलेर हैन, काम गरेर देखाउनुपर्ने चुनौती दिएका छन् । रास्वपाका पन्तले बुधबार सामाजिक सन्जाल मार्फत नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेलाई खुलापत्र मार्फत विभिन्न आरोप लगाएपछि एमाले बन्दीपुरका अध्यक्ष श्रेष्ठले बिहिबार सामाजिक सन्जाल मार्फत नै पन्तलाई जवाफ फर्काएका हुन् ।

एमाले अध्यक्ष श्रेष्ठले सामाजिक सन्जालमा लेखेको खुलापत्रमा लेखेका छन्–

‘बासुजी, नमस्कार !

तपाईंको खुला पत्र पढेँ । व्यंग्य राम्रो गर्नुभएको रहेछ, तर सत्य तथ्यमा आधारित हुन जरुरी छैन र ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले गफ, आरोप र आलोचना त धेरै गर्न सक्नुहुन्छ, तर जब काम, जिम्बेवारी र उत्तरदायित्वको कुरा आउँछ, तब मौन बस्ने ? तपाईंको पत्रमा देखिएको पूर्वाग्रह हटाएर केही कुरा स्पष्ट पार्न चाहन्छु ।

१. संसदमा बोलेर मात्रै हुँदैन, स्थलगत कार्य सम्पादन देखिनुपर्छ !

तपाईंले स्वर्णिम वाग्लेले संसदमा बोल्ने, अन्तर्राष्ट्रिय नेतासँग भेट्ने कुरा उठाउनुभयो । तर, तनहुँका जनताले भाषण सुन्ने होइन, विकास देख्न चाहेका छन् ।

–सांसद वाग्लेले कतिपय महत्त्वपूर्ण योजना ल्याउन खोजे, तर तिनको कार्यान्वयन कहाँ छ ?

–देशका ठूला नेताहरूसँग फोटो खिचाएर रोल मोडल सांसद बन्छ भन्ने तपाईंलाई लागेको होला, तर तनहुँको सडक, शिक्षा, स्वास्थ्यमा सुधार किन देखिँदैन ?

२. रास्वपाको पारदर्शिता खोइ ?

तपाईंले अन्य पार्टीका नेतालाई आरोप लगाउने हिम्मत देखाउनुभयो, सहिलाई सहि र गलतलाई गलत हो भन्ने साहस पनि देखाउनेकी ? आफ्नै पार्टीका कमजोरी कति दिन लुकाउने ?

–रास्वपाले निर्वाचन आयोगमा बुझाएको हिसाब हेर्दा ३ करोड ७९ लाख आम्दानी तर ६ करोड ५० लाख खर्च ! आम्दानी र खर्च बीचको २ करोड ७१ लाख घाटा कहाँबाट पूरा भयो ?

–पार्टीका नेताहरूले कर छलेको, आर्थिक पारदर्शिता नराखेको विषय बाहिर आइरहँदा किन पार्टी मौन ?

३. तनहुँको वास्तविक विकास चाहिन्छ, नाराले होइन !

तपाईंले लेख्नुभयो कि “सबैभन्दा धेरै बजेट विनियोजन भएको वर्ष यही हो ।”

तर, बजेट विनियोजन हुनु र त्यसको प्रभावकारी उपयोग हुनु दुई फरक कुरा हुन् ।

–सडकहरूको दुर्दशा उस्तै छ ।

–रोजगारी सिर्जना शून्य छ ।

–स्वास्थ्य केन्द्रहरूमा आवश्यक सेवा उपलब्ध छैन ।

तनहुँबासीलाई बजेट विनियोजन भयो भन्ने कागज होइन, वास्तविक विकासको अनुभूति आवश्यक छ । तनहुँ बासिसँग गोरु बेचेको साइनो सम्म नराख्ने, छैन भनि सार्बजनिक स्थानमा भाषण दिनेको कुरा हामीले पत्याई दिनु पर्ने, मानिदिनु पर्ने ?
रास्वपाले अन्य पार्टीको आलोचना गरेर मात्र आफ्नो छवि बचाउने कोशिस गरिरहेछ । तर, आलोचना मात्रै गरेर राजनीति चल्दैन ।

“हामी फरक छौँ” भन्ने नाराले मात्रै केही हुन्न, कामले फरक देखिनुपर्छ !

अब पनि अरूलाई आरोप लगाएर पन्छिन चाहनुहुन्छ, कि वास्तविक परिवर्तनका लागि आफ्नो पार्टीको कमजोरी सुधार्ने पाटो मा लाग्नु हुन्छ ?’

रबि श्रेष्ठ
अध्यक्ष, नेकपा (एमाले)
बन्दीपुर गाउँ कमिटी

यस अघि रास्वपा बन्दीपुरका सभापती बुधबार डुम्रे महोत्सवको उद्घाटन कार्यक्रममा सांसद न्यौपानेको मन्तव्यको बारेमा टिप्पणी गर्दै सांसद न्यौपानेलाई खुलापत्र लेखेका थिए । पन्तले तनहुँ क्षेत्र नम्बर १ का सांसद स्वर्णिम वाग्लेको पहलमा यस वर्ष तनहुँ क्षेत्र नम्बर १ मा यसअघिको भन्दा धेरै बजेट आएको दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक