म्याग्देले विभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय नारी दिवस मनाउने

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २२

११५ औं अन्तराष्ट्रिय नारी दिवस (८ मार्च) तनहुँको म्याग्दे गाउँपालिकाले विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । दिवसको अवसरमा फागुन २४ गते ‘सबै महिला तथा बालबालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरि मनाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

नारी दिवसको अवसरमा गाउँपालिकाले विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्ने भएको छ । लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धि कविता प्रतियोगिता, म्युजिकल चियर, बेलुन फुटाउने र हाँडी फुटाउने प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

कविता प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार तथा म्युजिकल चियर, बेलुन फुटाउने र हाँडी फुटाउने प्रतियोगिताका प्रथम हुनेलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने छ । उक्त प्रतियोगितामा सहभागी हुन चहानेले शुक्रबार कार्यालय समय भित्र महिला बालबालिका तथा समावेशीकरण उपशाखामा नाम दर्ता गराउनुपर्ने गाउँपालिकाले जनाएको छ ।

दिवसको अवसरमा म्याग्देले घुम्ती बजारदेखी गाउँपालिकाको सभाहलसम्म विहान ११ बजेदेखी ¥याली निकाल्ने भएको छ । सभाहलमा दिउँसो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा सहभागिताकोलागि सम्पुर्ण जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधि, आमा समुह, टोल विकास संस्था तथा युवा क्लवका प्रतिनिधिलाई आमन्त्रण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास