म्याग्देले विभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय नारी दिवस मनाउने

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २२

११५ औं अन्तराष्ट्रिय नारी दिवस (८ मार्च) तनहुँको म्याग्दे गाउँपालिकाले विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । दिवसको अवसरमा फागुन २४ गते ‘सबै महिला तथा बालबालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरि मनाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

नारी दिवसको अवसरमा गाउँपालिकाले विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्ने भएको छ । लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धि कविता प्रतियोगिता, म्युजिकल चियर, बेलुन फुटाउने र हाँडी फुटाउने प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

कविता प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार तथा म्युजिकल चियर, बेलुन फुटाउने र हाँडी फुटाउने प्रतियोगिताका प्रथम हुनेलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने छ । उक्त प्रतियोगितामा सहभागी हुन चहानेले शुक्रबार कार्यालय समय भित्र महिला बालबालिका तथा समावेशीकरण उपशाखामा नाम दर्ता गराउनुपर्ने गाउँपालिकाले जनाएको छ ।

दिवसको अवसरमा म्याग्देले घुम्ती बजारदेखी गाउँपालिकाको सभाहलसम्म विहान ११ बजेदेखी ¥याली निकाल्ने भएको छ । सभाहलमा दिउँसो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा सहभागिताकोलागि सम्पुर्ण जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधि, आमा समुह, टोल विकास संस्था तथा युवा क्लवका प्रतिनिधिलाई आमन्त्रण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक