म्याग्दे गाउँपालिकाद्वारा चिस्यान केन्द्र र कृषि एम्बुलेन्स सन्चालन

Devghat Online

शेयर गरौ

तनहुँको म्याग्दे गाउँपालिकाले कृषि क्षेत्रको प्रवद्र्धन तथा कृषकलाई सहजीकरण गर्ने उद्देश्यले कृषि कोल्ड स्टोर चिस्यान केन्द्र तथा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । वडा नम्बर ३ को बिरुवामा निर्माण गरिएको उक्त चिस्यान केन्द्र (कोल्ड स्टोर्स) को शुक्रबार गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरे ।


आर्थिक वर्ष ०७९÷०८० मा पहिलो चरणको कार्य सम्पन्न भएको कोल्ड स्टोर्सको निर्माण पासा कन्ट्रक्सन प्रालिले गरेको हो । उक्त चिस्यान केन्द्र २०८० चैत १५ गते देखी नै सन्चालनमा आएको थियो । चिस्यान केन्द्रको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले चिस्यान केन्द्रको निर्माणपछि कृषक लाभान्वित हुने विश्वास व्यक्त गरे । गाउँपालिकालाई आत्मनिर्भर वनाउनका लागी पहिलो आधार कृषि भएको भन्दै अध्यक्ष श्रेठले कृषकको उत्पादनको सुरक्षा र बजारीकरणकालागि पालिकाले करोडौ खर्चेर कोल्ड स्टोर निर्माण गरेको बताए ।

‘यसको भरपुर उपयोग गर्नुपर्छ, कृषकले उत्पादित वस्तुको उचित बजारिकरण नहुदाँ कृषकले उत्पादन गरेको वस्तुले उचित मुल्य पाउन सकेन’ अध्यक्ष श्रेष्ठले भने उचित बजारमुल्य नपाउँदा कृषकले फसल उत्पादन गर्ने तर मुल्य नपाँउदा कृषि पेशा प्रति नै वितृष्णा जागेको वेलामा पालिकाको कृषकलाई लक्षित गरि कोल्ड स्टोर संचालन गरिएको हो ।’ कोल्ड स्टोरको पुर्ण सन्चालनको लागी विभिन्न योजना समेत बनाईएको अध्यक्ष श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा गाउँपालिकाका बालकृष्ण घिमिरेले पालिकाको पहिलो प्राथमिकता कृषि रहेको बताए । उनले जिल्लाको अन्य पालिकाले निर्माण गर्न नसकेको कोल्ड स्टोर्स म्याग्दे गाँउपालिकाले गरेको भन्दै पालिकाभित्र उत्पादित बस्तु निश्चित मुल्य लिएर स्टोर गरिने बताए । मुल्य पाँउदा बिक्री गर्न सकिने भन्दै उनले कृषकप्रति जिम्मेवार भएर कोल्ड स्टोर निर्माण गरिएको उपाध्यक्ष घिमिरेले बताए । उपाध्यक्ष घिमिरेले पालिका भित्र राजनैतिक दलका नेतृत्वले नकारात्मक धारणा मात्र वनाउदाँ काम गर्ने जनतालाई नै वितृष्णा भएको हुदाँ तथ्यमा आधारित भएर वोल्न आग्रह गरे ।

प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले कृषकहरूको उत्पादनलाई बजारसम्म पु¥याउने लक्ष्यका साथ कोल्ड स्टोर तथा कृषि एम्बुलेन्स सञ्चालन गरिएको बताए । प्रविधियुक्त विउ उत्पादन तथा कृषि प्रयोगात्मक केन्द्र निर्माण योजनाको दोश्रो चरणमा सम्पन्न गरिएको उक्त योजन आर्थिक वर्ष ०८०÷०८१ मा वि.आर.कन्सट्रक्सन व्यास २ ले निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । कुल २ करोड छयासी हजार आठ सय वयासी रुपैयामा निर्माण सम्पन्न भएको परियोजनामा ३०० मेट्रिक टन फसल राख्न सकिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । उक्त कार्यक्रममा पालिका भित्रका विभिन्न राजनैतिक दलका नेतृत्वहरुले मन्तव्य राखेका थिए ।

यसैवीच सोहि अवसर सुर्य नेपाल प्रा.लिले म्याग्दे गाँउपालिकालाई कृषि एम्वुलेन्स हस्तान्तरण गरेको छ । कृषकले उत्पादन गरेको वस्तुलाई ओसारपसार गर्न, वजारीकरण गर्न सहयोग होस भनेर एम्वुलेन्स हस्तान्तरण गरिएको सुर्य नेपालले जनाएको छ । उक्त अवसरमा गाउँपालिका अध्यक्ष श्रेष्ठले सूर्य नेपाल प्रालिलाई विशेष सम्मान गर्दै आगामी दिनमा पनि कृषि क्षेत्रमा सहकार्य गर्दै जाने बताए । गाउँपालिकाद्वारा निर्मित कोल्ड स्टोर सञ्चालन गर्न अति आवश्यक कृषि एम्बुलेन्स सूर्य नेपाल प्रा.लिले गाउँपालिकालाई हस्तान्तरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान