देवघाट, फागुन २४
११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देवघाटधाम जेसीजको आयोजनामा शनिबार देवघाटमा ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण’ शीर्षकमा छात्रा वक्तृत्वकला कार्यक्रम प्रतियोगिता आयोजना गरियो । कार्यक्रममा रामजानकी बालिका आश्रमकी निलम लोककल्याणी प्रथम, माँ कल्याणी वैदिक कन्या गुरुकुलमकी दुर्गा थापा द्वित्तीय, रामजानकी वालिका आश्रमकी वैष्णवी लोककल्याणीले तृतीय र कालिका माविकी दीपिका पौडेलले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
उनीहरूलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो । देवघाटधाम जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी प्रशन्न ढकालको अध्यक्षता तथा देवघाट गाउँपालिका वडा नम्बर ५ की सदस्य कमला गुरुङको प्रमुख आतिथ्यता, कार्यकारीणी उपाध्यक्ष जेसी रक्षा कार्कीको संयोजकत्वमा र विभिन्न गुरुकुल, विद्यालयका छात्रा, प्रतिनिधि र देवघाटधाम जेसीजका पदाधिकारीहरुको उपस्थितिमा भएको उक्त कार्यक्रम माँ कल्याणी कन्या गुरुकुलम परिसर देबघाट–५ मा सम्पन्न भएको थियो ।
उक्त निर्णायकहरुमा चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था देवघाटकी व्यवस्थापक संगिता ओझा, देवघाट गापाकी न्यायिक सहजकर्ता रोशनी पन्त र अम्बर एभरेस्ट इङ्लिस बोर्डिङ स्कुल भरतपुरकी शिक्षिका तथा देवघाटधाम जेसीजकी तालिम आयुक्त जेसी स्वस्तिका धिताल रहेका थिए । उक्त कार्यक्रमको सञ्चालन देवघाटधाम जेसीज वर्ष २०२५ का महासचिव जेसी अर्जुन सुवेदीले गरेका थिए ।