श्रमिक महिला दिवसको अवसरमा देवघाटमा बक्तृत्वकला प्रतियोगिता

Devghat Online

शेयर गरौ

देवघाट, फागुन २४

११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देवघाटधाम जेसीजको आयोजनामा शनिबार देवघाटमा ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण’ शीर्षकमा छात्रा वक्तृत्वकला कार्यक्रम प्रतियोगिता आयोजना गरियो । कार्यक्रममा रामजानकी बालिका आश्रमकी निलम लोककल्याणी प्रथम, माँ कल्याणी वैदिक कन्या गुरुकुलमकी दुर्गा थापा द्वित्तीय, रामजानकी वालिका आश्रमकी वैष्णवी लोककल्याणीले तृतीय र कालिका माविकी दीपिका पौडेलले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

उनीहरूलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो । देवघाटधाम जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी प्रशन्न ढकालको अध्यक्षता तथा देवघाट गाउँपालिका वडा नम्बर ५ की सदस्य कमला गुरुङको प्रमुख आतिथ्यता, कार्यकारीणी उपाध्यक्ष जेसी रक्षा कार्कीको संयोजकत्वमा र विभिन्न गुरुकुल, विद्यालयका छात्रा, प्रतिनिधि र देवघाटधाम जेसीजका पदाधिकारीहरुको उपस्थितिमा भएको उक्त कार्यक्रम माँ कल्याणी कन्या गुरुकुलम परिसर देबघाट–५ मा सम्पन्न भएको थियो ।

उक्त निर्णायकहरुमा चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था देवघाटकी व्यवस्थापक संगिता ओझा, देवघाट गापाकी न्यायिक सहजकर्ता रोशनी पन्त र अम्बर एभरेस्ट इङ्लिस बोर्डिङ स्कुल भरतपुरकी शिक्षिका तथा देवघाटधाम जेसीजकी तालिम आयुक्त जेसी स्वस्तिका धिताल रहेका थिए । उक्त कार्यक्रमको सञ्चालन देवघाटधाम जेसीज वर्ष २०२५ का महासचिव जेसी अर्जुन सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो