विश्वव्यापी निबन्ध प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाटका छात्रहरु प्रथम, द्वित्तिय र तृतिय

Devghat Online

शेयर गरौ

देवघाट । फागुन २५

साहित्यिक पत्रकार संघको आयोजनामा आयोजित विश्वव्यापी क्याम्पस स्तरीय प्रथम निबन्ध प्रतियोगिता–२०८१ मा देवघाट स्थित परमानन्द संस्कृत गुरुकुलका छात्रहरु प्रथम, द्वित्तिय र तृतिय हुन सफल भएका छन् । गुरुकुलको यो उच्च सफलताले परमानन्द संस्कृत गुरुकुल विद्यापीठ पुनः चर्चाको केन्द्रमा आएको छ । प्रतियोगितामा भाग लिएका विजयी विद्यार्थीहरू सबै यसै गुरुकुलको भएको कारणले गुरुकुलको शैक्षिक स्तर, बौद्धिक उन्नति, र लेखनकलाप्रतिको जागरूकता झल्काउँछ ।

यस विश्वव्यापी खुला ‘आरुस–टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता–२०८१’ मा दिपन अधिकारीको ‘म नेपाली मेरो नेपाल’ निबन्ध प्रथम स्थान हासिल गर्न सफल भयो । त्यसैगरि विपिन ढकालको ‘आँखाअघि देशको चित्र’ निबन्ध द्वित्तिय भएको थियो । जुन निबन्ध मानवतावाद, देशप्रेम, राष्ट्र प्रेमले ओतप्रोत थियो ।

तेस्रो स्थान प्राप्त नीराजन ढकाल समेत गुरुकुलकै विद्यार्थी हुन्, जसको निबन्ध ‘एक अँजुली माया देशको लागि’ ले पाठकहरूमा राष्ट्रराग जागृत गराउने खालको छ ।

परमानन्द संस्कृत गुरुकुलका विद्यार्थीहरू मात्र धार्मिक एवं शास्त्रीय ज्ञानमा सीमित नभई साहित्यिक, समसामयिक तथा वैचारिक विषयहरूमा पनि अब्बल ठहरिएका छन् । यसले गुरुकुल शिक्षाले विद्यार्थीहरूको बौद्धिक विकास मात्र नभई उनीहरूको बहुआयामिक क्षमतालाई समेत निखार्ने गरेको स्पष्ट हुन्छ ।

गुरुकुल शिक्षाको पद्धति बाहिरी विद्यालयहरूभन्दा विशेष छ । यहाँ विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र होइन, नैतिकता, अनुशासन, संस्कार, तथा व्यवहारिक शिक्षा समेत प्रदान गरिन्छ । गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीहरूले आध्यात्मिक चेतना, दार्शनिक सोच, र समसामयिक ज्ञानलाई जोडेर शिक्षा ग्रहण गर्छन्, जसले गर्दा उनीहरू समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बन्छन् ।

हालसालै भएका यी सफलताहरूले २०२८ सालदेखि सञ्चालित देवघाटधाममा अवस्थित परमानन्द संस्कृत गुरुकुलको उच्च शैक्षिक स्तरलाई पुनः प्रमाणित गरेको छ । गुरुकुल शिक्षाले परम्परागत र आधुनिक ज्ञानलाई समान रूपमा समेटेर विद्यार्थीहरूको उज्ज्वल भविष्यको ढोका खोल्ने कार्य गरिरहेको छ, जसले गर्दा यो संस्था सर्वत्र चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक