विष्णु मगर । देवघाट, फागुन २४
नेपाल मगर संघ देवघाट गाउपालिकाको प्रथम अधिवेशन तथा प्रशिक्षण कार्यक्रम शनिबार देवघाटमा सम्पन्न भएको छ । उक्त अधिवेशनले खड्गबहादुर आलेको अध्यक्षतामा नेपाल मगर संघ देवघाट गाउँ समिति गठन गरेको छ । कार्य समितिको उपाध्यक्षमा तिलबहादुर गर्जा मगर, सचिवमा मनबहादुर राना, सहसचिवमा विष्णुबहादुर थापा र कोषाध्यक्षमा राममाया राना चयन भएका छन् । यस्तै सदस्यहरुमा पन्च बहादुर आले, डिल बहादुर राना, फुलमाया थापा, देवीसरा राना, कुमारी आले, वोम बहादुर थापा, इन्द्र बहादुर राना, रमेश राना, धन बहादुर मगर र रेख बहादुर मगर रहेका छन् ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले मगर जातीको सस्कार र सस्कृति र सभ्यतालाई बढाउदै अगाडि बढ्ने पर्ने बताए । मगर समुदायमा अझै पनि सामाजिक चेतनाको बिकास हुन नसकेको अध्यक्ष थापाले बताए । मगर समुदाय आर्थिक रुपले पनि अझ सबल हुन नसकेको भन्दै अध्यक्ष थापाले मगर समुदायको आर्थिक पक्ष सुधार गर्नलाइ मगर समुदायका सस्कार र सस्कृतिको व्यपार गर्नु पर्ने बताए । गाउँपालिकाले मगर र गुरुङ भाषाको प्रशिक्षणको लागि चालु आर्थिवर्षमा ३ लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष थापाले बताए ।
सो कार्यक्रममा विशिष्ट अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले आफ्नो भाषा सस्ंकृति लिपिलाइ जगेर्ना गर्नुपर्ने बताए । जनजातिहरु पनि बिस्तारै अगाडि बढिरहेको भन्दै गुरुङले मगर जातीको उत्थानकोलागि गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
नेपाल मगर समाज गण्डकी प्रदेशको उपाध्यक्ष मणिराज थापाले देवघाटमा ५४ र ७९ मा दुवै पटक मगर जाति गाउँपालिका अध्यक्ष भएको तर मगर अध्यक्ष भइरहदा देवघाटको मगर जातिलाई जनप्रतिनिधि नाताले के ग¥यो भन्दै मगर भइरहदा मगर समुदायलाइ केही गर्न सकेन भने मगर जनप्रतिनिधि भएको कुनै अर्थ नहुने बताए । जब मगर संगठन खोलिएपछि मगर समुदायमा दुख पर्दा एकले अर्कालाइ सहयोग गर्दैन भने मगर संगठन खोल्नुमा कुनै अर्थ नहुने थापाले बताए । देवघाट गाउँपालिकामा मगर भाषा पठन पाठन गराउन देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापालाई उनले अनुरोध गरे ।
देवघाट गाउपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले मगर समुदायको भेष भुषा सस्कृतिलाइ जगेर्ना गर्ने सन्दर्भमा पुस्ता हस्तान्तरण गर्न सकेमा भाषा सस्कृति भेष भुषाहरु संरक्षण गर्न सकिने बताए ।
नेपाल मगर संघ केन्द्रीय निर्वाचनका समितिका सदस्य सिद्धान्त गर्जा मगरले मगर जाती जहाँ जहाँ भएपनि मगर समुदायको एउटै लक्ष्य रहेको थापाले बताए । सुतेको मगरलाई उठाउने, उठेको मगरलाइ कुदाउने र कुदेको मगरलाई उडाउने भन्दै उनले मगर समुदायको यस अधिवेशनले मगर जातिको भाषा सस्कृतिलाई जोगाउने अपेक्षा रहेको बताए । उनले आगामी शैक्षिकसत्रदेखी देवघाटमा मगर भाषा पठन पाठन गराउन पर्ने बताए । मगर समुदायबाट जो जनप्रतिनिधिमा उठ्छ उसलाइ जिताउन मगर समुदायको धर्म भएको भन्दै उनले मगर समुदायले मगरलाई साथ र सहयोग गर्नुपर्ने बताए ।
देवघाट गाउपालिका वडा नं.१ अध्यक्ष मणिराज गुरुङले राजतीतिक विषयमा पनि जनजातिहरु अगाडि बढ्नु पर्ने गुरुङले बताए । प्रधानमन्त्री देखि लिएर राष्ट्रपतिका पदमा जनजातिहरु योग्य भइरहदा पनि ती पद लिन सकिरहेको छैन यसकारण अब जनजातिहरु पनि एकजुट हुन पर्ने गुरुङले बताए । वडा नम्बर ३ का अध्यक्ष टेक वहादुर आलेले मगर समाज उत्थान भएको ४३ वर्ष भईसक्दा पनि देवघाट गाउँपालिकाको प्रथम अधिवेशन भएको भन्दै मगर जातिहरुमा ढिलासुस्ती भएको बताए । मगर जातिहरु संख्याको हिसावले धेरै भएता पनि मगर जातिहरु आफ्नो हक र अधिकारको विषयमा बोल्न नसके त्यसको कुनै अर्थ नरहेको आलेले बताए ।
वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङले १४२ जनजातिहरु आफ्नो भेष भुषाहरु समय अनुसार लोप हुँदै गएको भन्दै जातीय भेष भुषा र सस्कृतिलाई जोगाउन र आउने पिढिहरुलाइ ती सस्कारहरु सिकाउन पर्ने गुरुङले बताए । गण्डकी प्रदेशमा गुरुङ र मगर जातजातिहरुको संख्या बाहुल्यता भए पनि गुरुङ र मगर जातिले यीक्षेत्रमा भनेको जस्तो प्रभाव पार्न नसकेको गुरुङले बताए ।
नेपाल मगर संघ तनहुँका जिल्ला अध्यक्ष खड्क सिं थापा मगरले सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक विषयमा मगर जातिलाई जोड्नुपर्ने बताए । मगर समुदायको छोरा छोरीहरुलाई स्थानिय सरकारले प्राथमिकता दिन पर्ने भन्दै उनले मगर संगठन बनाइरहदा राजनिति विचमा ल्याउन नहुने थापाले बताए । देवघाट गाउँपालिका खेलकुद समितिका अध्यक्ष अमर फवालीले मगर जातीहरु एक भएर अगाडि बढ्न पर्ने बताए । अधिवेशनमा पार्टी नभनीकन निश्वार्थ रुपले मगर संगठन मजबुत गराउन समिति बन्नुपर्ने फेवालीले बताए ।