च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ५

तनहुँमा च्याउ खाँदा विरामी परेका मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

व्यास नगरपालिका–६ शान्तिटोलमा गत शुक्रबार च्याउ खाँदा १० जना बिरामी परेका थिए । विरामीहरुको पोखरामा उपचार भएको थियो । उपचारको क्रममा नारायणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिरामी परेका अन्य नौ जनाको अवस्था खतरामुक्त छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङको बजेट ५० करोड

तनहुँ । असार १० यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ