ट्याक्टर दुर्घटनामा सह–चालकको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ५

तनहुँमा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका वडा नम्बर ४ ओटाङदी स्थित भित्री कच्ची सडक खण्डमा ओटाङदीबाट हाईबे तर्फ सामान पु¥याएर फर्कदै गरेको ग १ त ५६८९ नं.को टयाक्टर अनियन्त्रित भई सडकमा पल्टन जाँदा सह–चालक म्याग्दे गाउँपालिका वडा नम्बर २ जामुनेका ३० बर्षिय सुक बहादुर बिकलाई सोही टयाक्टरले च्यापिदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त ट्याक्टरमा चालक र सह–चालक गरी दुई जना सवार रहेकोमा चालक जिल्ला म्याग्दे गाउँपालिका–२ बस्ने ४० वर्षिय प्रकाश कुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय